२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

शुक्रबारबाट लकडाउनमा थप कडाई गर्ने गृहमन्त्रालयको तयारी

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८


(ABC-Sanchar)
काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा लकडाउनलाई थप कडाई गर्ने जनाएको छ।

आजबाट उपत्यका लगायत कोरोना बढी भएका स्थानमा निषेधाज्ञा लागू भएको छ। तर, लकडाउन फितलो देखिएको भन्दै गुनासो आइरहेका छन्। आज राजधानीका सडकमा गाडीको जामनै देखियो।

गृम मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ हुने बताए।

‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको छ’ उनले भने, ‘भोलिदेखि काठमाडौंको निषेधाज्ञालाई थप कडाइ गर्नेछौं।’

उनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाही हुने चेतावनी समेत दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!