(ABC-Sanchar)
काठमाडौं । उपत्यका लगायत देशका केहि भागमा अहिले पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागमा मेघ गर्जन र चट्टयांङ सहित वर्षा गराउने बादल विकसित भई केहि स्थानहरुमा वर्षा भइरहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
दिउसो : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
राती : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू(भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
२०७८ बैशाख १७ गते (शुक्रबार)
दिउसो : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।
राती : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख १८ गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ लगाएत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ।
राती : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी
देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाको अनुरोध छ।