०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

महिला सांसदलाई दुव्यर्वहार गरेको छैन प्रमाण देखाउन डीआईजी धानुकको अनुरोध

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८


ABC (क्राईमबिट)
बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर,लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् ।

सांसद निर्मला क्षेत्री,फूलमति ढेगा,लौटी थारु,सुष्मा यादव,पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् ।

यो पनि
महिला सांसदमाथि हातपात भएको भन्दै डीआईजीमाथि कारबाहीको माग
​डीआईजी धानुकले भने महिला सांसदहरुको सो आरोप ‘बनावटी कुरा’ भएको बताए । उनले भने, ‘रुपन्देहीका प्रजिअ र एसपीले कमाण्ड गरेका थिए,म ढोका खोलेर बाहिर निस्किएँ ।’

उनका अनुसार प्रदेश प्रमुखको कम्पाउण्डमा सांसदहरु धर्नामा बसेपछि स्थिति नियन्त्रणमा लिन एसपी र प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

सांसद कुलप्रसाद केसी,सशस्त्र प्रहरीका डीआईजी ई.किशोर प्रधान र आफू सँगै रहेको बताउँदै धानुकले महिला प्रहरी परिचालन गरेर सांसदहरुलाई त्यहाँबाट हटाएको दाबी गरे । ‘सांसद र महिला प्रहरीका बीचमा धकेलाधकेल हुँदा म गेट बाहिर थिएँ,अनि मैले कसरी दुव्यर्वहार गरेँ ?’ उनले भने, ‘मैले हातपात गरेको भिज्युअल पेश गर्न चुनौती दिन्छु ।’

डीआईजी दर्जाको अधिकृतलाई महिला सांसदलाई हातपात गर्न हुँदैन भन्ने सामान्य जानकारी भएको बताउँदै धानुकले कांग्रेस सांसद क्षेत्रीले चर्चामा आउन अनावश्यक आरोप लगाएको दाबी गरे । ‘त्यहाँ १ सय जना पत्रकार थिए,मैले हातपात गरेको भए भिडियो खिच्ने थिएनन् ?’ उनले भने, ‘आरोप लगाउनेले किन भिडियो बाहिर ल्याउन सकेका छैनन् ?’

आफूले हातपात गरेको भए सामाजिक सञ्जालमा भिडियो भाइरल भइसक्ने उल्लेख गर्दै धानुकले अनर्गल प्रचार नगर्न महिला सांसदहरुलाई आग्रहसमेत गरे । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाइमकार्ड पालना नगर्ने सय भन्दा बढी सवारी चालकहरु दाङ प्रहरीको कारबाहीमा दुर्घटनामा कमि हुँदै दाङ । १५ दिनको अवधिमा टाइमकार्ड पालना नगर्ने एक सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । देउखुरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डमा पर्ने नर्ती–भालुबाङ सडकखण्डमा टाइमकार्ड पालना नगर्ने एक सय १९ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । […]

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

error: Content is protected !!