०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

महिला सांसदलाई दुव्यर्वहार गरेको छैन प्रमाण देखाउन डीआईजी धानुकको अनुरोध

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८


ABC (क्राईमबिट)
बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर,लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् ।

सांसद निर्मला क्षेत्री,फूलमति ढेगा,लौटी थारु,सुष्मा यादव,पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् ।

यो पनि
महिला सांसदमाथि हातपात भएको भन्दै डीआईजीमाथि कारबाहीको माग
​डीआईजी धानुकले भने महिला सांसदहरुको सो आरोप ‘बनावटी कुरा’ भएको बताए । उनले भने, ‘रुपन्देहीका प्रजिअ र एसपीले कमाण्ड गरेका थिए,म ढोका खोलेर बाहिर निस्किएँ ।’

उनका अनुसार प्रदेश प्रमुखको कम्पाउण्डमा सांसदहरु धर्नामा बसेपछि स्थिति नियन्त्रणमा लिन एसपी र प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

सांसद कुलप्रसाद केसी,सशस्त्र प्रहरीका डीआईजी ई.किशोर प्रधान र आफू सँगै रहेको बताउँदै धानुकले महिला प्रहरी परिचालन गरेर सांसदहरुलाई त्यहाँबाट हटाएको दाबी गरे । ‘सांसद र महिला प्रहरीका बीचमा धकेलाधकेल हुँदा म गेट बाहिर थिएँ,अनि मैले कसरी दुव्यर्वहार गरेँ ?’ उनले भने, ‘मैले हातपात गरेको भिज्युअल पेश गर्न चुनौती दिन्छु ।’

डीआईजी दर्जाको अधिकृतलाई महिला सांसदलाई हातपात गर्न हुँदैन भन्ने सामान्य जानकारी भएको बताउँदै धानुकले कांग्रेस सांसद क्षेत्रीले चर्चामा आउन अनावश्यक आरोप लगाएको दाबी गरे । ‘त्यहाँ १ सय जना पत्रकार थिए,मैले हातपात गरेको भए भिडियो खिच्ने थिएनन् ?’ उनले भने, ‘आरोप लगाउनेले किन भिडियो बाहिर ल्याउन सकेका छैनन् ?’

आफूले हातपात गरेको भए सामाजिक सञ्जालमा भिडियो भाइरल भइसक्ने उल्लेख गर्दै धानुकले अनर्गल प्रचार नगर्न महिला सांसदहरुलाई आग्रहसमेत गरे । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!