०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

बर्दिया प्रहरीले लकडाउन उल्लंघन गर्ने १५३५ जनालाई होल्ड कार्वाही

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८


(सागर थापा/महेन्द्र सिंह)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार बर्दियाको गुलरियामा मूख्य सडकमा विना काम मास्क नलागाई निस्केका १५ सय ३५ जनालाई एक घन्टा होल्ड कार्वाही गरेकाे छ । मोटरसाइकल ५०३ वटा साइकल ६२० वटा चार पाङ्ग्रे सवारी साधन १३० वटा
लाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको नेतृत्वमा बर्दियाकाे विभिन्न गाउँ टोल गल्ली शहरमा खटेकाे प्रहरी टाेलीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेकाे थियाे ।
संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय बर्दियार्को निर्देशन अनुसार बर्दिया जिल्ला प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी कार्कीले बताएका छन ।

बिना मास्क बिना काम बजारमा भेटिएकाहरुलाई प्रहरीले एक पटक समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा मास्क समेत वितरणबाट गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

error: Content is protected !!