२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दिया प्रहरीले लकडाउन उल्लंघन गर्ने १५३५ जनालाई होल्ड कार्वाही

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८


(सागर थापा/महेन्द्र सिंह)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार बर्दियाको गुलरियामा मूख्य सडकमा विना काम मास्क नलागाई निस्केका १५ सय ३५ जनालाई एक घन्टा होल्ड कार्वाही गरेकाे छ । मोटरसाइकल ५०३ वटा साइकल ६२० वटा चार पाङ्ग्रे सवारी साधन १३० वटा
लाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको नेतृत्वमा बर्दियाकाे विभिन्न गाउँ टोल गल्ली शहरमा खटेकाे प्रहरी टाेलीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेकाे थियाे ।
संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय बर्दियार्को निर्देशन अनुसार बर्दिया जिल्ला प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी कार्कीले बताएका छन ।

बिना मास्क बिना काम बजारमा भेटिएकाहरुलाई प्रहरीले एक पटक समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा मास्क समेत वितरणबाट गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]