२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

लुम्बिनी प्रदेशसभाका सदस्य अमर बहादुर डाँगी क्षेत्रीद्वारा राजीनामा

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

(ABC-Sanchar)
दाङ । अमर बहादुर डाँगी दाङ २ (ख) मा नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन।

राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाइ बहुमतको बर्खिलाप, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस पारेको, संविधान, विधि र प्रक्रियाको चीरहरण गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेको उनले आरोप लगाएका छन ।

कतिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उनले उच्च रक्तचापको बिरामी भएकोले राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहेको उल्लेख गरेका छन।

यसअघि एमालेकै प्रदेशसभा सदस्य दूगनारायण पाण्डेले राजीनामा दिएका थिए भने तत्कालीन नेकपाबाट प्रदेशसभामा निर्वाचित विमला खत्री माओवादी केन्द्र प्रवेश गरेका थिए।

डाँगीले राजीनामा दिएपछि एमालेसँग अब ३८ सांसद छन् । ७९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ । डाँगी र मुख्यमन्त्री पोखरेलका एउटै गाउँका नेता हुन। एकै ठाउँको भए पनि डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!