०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

लकडाउन अवधिभर बैंकले कर्जा असुली गर्दा जरिवाना लिन नपाउने

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

(ABC-Sanchar)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना स्वरुप अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

यसैगरी कोभिड(१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले बताएको छ ।

समीक्षामार्फत राष्ट्र बैंकले महामारी नियन्त्रणका लागि सञ्चालन हुने उद्योगहरुलाई समेत केही राहत दिने बताएको छ । नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!