२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

मकवानपुर प्रहरीले एक क्विन्टल लागूऔषध गाँजासहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

ABC (क्राईमबिट)
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-५ बस्ने ४९ वर्षीय आईते बहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका-९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका-१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।

नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो । तत्पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसार पसारमा संलग्न राज कुमार र सुबिनलाई समेत भिमफेदी नगरपालिका-१ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो। विजयनगर ३ का वडाध्यक्ष हिर्दय […]

  काठमाडौं । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालतमा उपस्थित भएका पूर्व गृहमन्त्री लामिछानेको मुद्दामा आज थुनछेक बहस […]

  बर्दिया । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको थियो । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको […]

error: Content is protected !!