२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

बाँके प्रशासनले समात्यो १ सय ४० कार्टुन नक्कली आलु क्रेक

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

डिलर सिल, अनुसन्धान सुरु, १४० कार्टुन चिप्स बरामद, करछली तर्फ कारवाही

महेन्द्र सिंह, ८ असार/ नेपालगन्ज

भोक लाग्दा होस् वा समय बिताउनका लागि आलुको चिप्स, क्रेकर, कुरमुरे लगायत ड्राइफूड खाने बानी छ भने यो खबर तपाईकै लागि हो । बांकेमा नक्कली आलु चिप्स बिक्री गर्ने एक उद्योग शिल गरिएको छ

मूलपानी काठमाडौंको स्थित एउटा कम्पनीले नेपाल गुणस्तर चिन्ह (एनएस) नलिएर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने आलु चिप्स बिक्री गरेको पाइएपछि अनुगमन टोलीले डिलर शिल गरेको हो। संयुक्त बजार अनुगमन टोलीले छापा मारेर कारकाँदोमा रहेको युगल ट्रेड एण्ड सप्लायर्सलाई सिल गरेको हो । सप्लायर्सका संचालक युगल श्रेष्ठले आफुलाई थाहा नभएकै अवस्थामा क्रेकर सप्लाई भएको बताएका छन् ।‘हामीले हेर्दा १ सय ४० कार्टुन पोट्याटो क्रेकर बरामद भएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले भने, ‘आफुले प्राप्त नगरेको गुणस्तर चिन्ह प्राप्त गरेको भनी उपभोक्तालाई ठगी गरिरहेको विशेष सूचनाको आधारमा कारवाही गर्दा सामाग्री बरामद भएको हो ।’

‘१४० पेटीमा प्रति पेटी ६५ पोका हुने गरेको पाइएको हो’, गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय नेपालगन्जका बरिष्ठ निरीक्षक शम्भु कुमार झाले भने, ‘यसरी नक्कली गुणस्तर चिन्ह प्रयोग गरेर कसैले कारोबार गर्न पाउँदैन ।’
‘हामीले विभागबाट सामाग्री नै जफ्त गर्ने हिसाबको कारवाही अघि बढाएका छौं’, झाले भने, ‘सूचना आउने बित्तिकै सबै सामाग्री जफ्त गरेर नष्ट गरिन्छ ।’ ‘प्रति पेटी ९०० रुपैयाका दरले आएको पोट्याटो क्रेकर युवा पुस्ताको लागि आकर्षक विषय हो’, उनले भने, ‘तर नक्कली कि सक्कली भन्ने विषय पहिचान गर्न आवश्यक देखिएको हो ।’‘उपभोक्ता स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने हिसाबको खाद्य सामाग्री सप्लाई गरेको सूचना प्राप्त भएपछि अनुगमनका क्रममा डिलर हात लागेको हो’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘नक्कली एनएस चिन्ह प्रयोग गरेर कम्पनीले कारोबार गरेकोले सो विषयमा पनि कारवाही अघि बढाउने तयारी छ ।’

‘काठमाडौ स्थित उद्योगले नक्कली चिन्ह प्रयोग गरी देशै भरि नक्कली उत्पाद सप्लाई गरिरहेको पाइएको हो’, पौडेलले भने, ‘यस्ता कम्पनी र ब्यवसायी सबै एकै पटक फन्दामा ल्याउने प्रयास भइरहेको छ ।’ ‘नेपालको गुणस्तर चिन्ह प्राप्त गर्नका लागि चाहिने मापदण्ड पूरा नगरेका कारण कम्पनी ओडेट फूड एण्ड वेभरेज प्रालिले एनएस चिन्ह नपाएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालयका वरिष्ठ निरीक्षक झाले भने, ‘फरक किसिमको बोर्ड राखेर गोप्य रुपमा नक्कली खाद्य समाग्री बेच्दै आएको फेला परेको हो ।’चिप्स बेच्दै आएको डिलरले श्री महाशक्ति मोटर्स प्रालिको बोर्ड राखेर गुणस्तरहीन खाद्य सामाग्री बेच्दै आएको फेला परेपछि सिल गरिएको टोलीले जनाएको छ । ‘डिलरले बाँके सहित पश्चिम नेपालका विभिन्न जिल्लामा सप्लाई गर्दै आएकोले अनुसन्धानबाट खुलेको छ,’ श्रोतले भन्यो, ‘उपभोक्ता स्वास्थ्य विरुद्ध यो ठूलो घटना हो । नक्कली पोट्याटो क्रेकर बेच्दै आएका डिलरका संचालकले आफुलाई कम्पनीले ठगी गरेको आरोप लगाएका छन् ।’ विहिवार अबेर रातिसम्म अपे्रशन चलाई रहेको बाँकेको अनुगमन टोलीले खाद्य सामाग्री बारे ल्याब रिपोर्ट आउन बाँकी रहेको र सो पछि थप कारवाही अघि बढाउने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!