१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

बाँके प्रशासनले समात्यो १ सय ४० कार्टुन नक्कली आलु क्रेक

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

डिलर सिल, अनुसन्धान सुरु, १४० कार्टुन चिप्स बरामद, करछली तर्फ कारवाही

महेन्द्र सिंह, ८ असार/ नेपालगन्ज

भोक लाग्दा होस् वा समय बिताउनका लागि आलुको चिप्स, क्रेकर, कुरमुरे लगायत ड्राइफूड खाने बानी छ भने यो खबर तपाईकै लागि हो । बांकेमा नक्कली आलु चिप्स बिक्री गर्ने एक उद्योग शिल गरिएको छ

मूलपानी काठमाडौंको स्थित एउटा कम्पनीले नेपाल गुणस्तर चिन्ह (एनएस) नलिएर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने आलु चिप्स बिक्री गरेको पाइएपछि अनुगमन टोलीले डिलर शिल गरेको हो। संयुक्त बजार अनुगमन टोलीले छापा मारेर कारकाँदोमा रहेको युगल ट्रेड एण्ड सप्लायर्सलाई सिल गरेको हो । सप्लायर्सका संचालक युगल श्रेष्ठले आफुलाई थाहा नभएकै अवस्थामा क्रेकर सप्लाई भएको बताएका छन् ।‘हामीले हेर्दा १ सय ४० कार्टुन पोट्याटो क्रेकर बरामद भएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले भने, ‘आफुले प्राप्त नगरेको गुणस्तर चिन्ह प्राप्त गरेको भनी उपभोक्तालाई ठगी गरिरहेको विशेष सूचनाको आधारमा कारवाही गर्दा सामाग्री बरामद भएको हो ।’

‘१४० पेटीमा प्रति पेटी ६५ पोका हुने गरेको पाइएको हो’, गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय नेपालगन्जका बरिष्ठ निरीक्षक शम्भु कुमार झाले भने, ‘यसरी नक्कली गुणस्तर चिन्ह प्रयोग गरेर कसैले कारोबार गर्न पाउँदैन ।’
‘हामीले विभागबाट सामाग्री नै जफ्त गर्ने हिसाबको कारवाही अघि बढाएका छौं’, झाले भने, ‘सूचना आउने बित्तिकै सबै सामाग्री जफ्त गरेर नष्ट गरिन्छ ।’ ‘प्रति पेटी ९०० रुपैयाका दरले आएको पोट्याटो क्रेकर युवा पुस्ताको लागि आकर्षक विषय हो’, उनले भने, ‘तर नक्कली कि सक्कली भन्ने विषय पहिचान गर्न आवश्यक देखिएको हो ।’‘उपभोक्ता स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने हिसाबको खाद्य सामाग्री सप्लाई गरेको सूचना प्राप्त भएपछि अनुगमनका क्रममा डिलर हात लागेको हो’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘नक्कली एनएस चिन्ह प्रयोग गरेर कम्पनीले कारोबार गरेकोले सो विषयमा पनि कारवाही अघि बढाउने तयारी छ ।’

‘काठमाडौ स्थित उद्योगले नक्कली चिन्ह प्रयोग गरी देशै भरि नक्कली उत्पाद सप्लाई गरिरहेको पाइएको हो’, पौडेलले भने, ‘यस्ता कम्पनी र ब्यवसायी सबै एकै पटक फन्दामा ल्याउने प्रयास भइरहेको छ ।’ ‘नेपालको गुणस्तर चिन्ह प्राप्त गर्नका लागि चाहिने मापदण्ड पूरा नगरेका कारण कम्पनी ओडेट फूड एण्ड वेभरेज प्रालिले एनएस चिन्ह नपाएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालयका वरिष्ठ निरीक्षक झाले भने, ‘फरक किसिमको बोर्ड राखेर गोप्य रुपमा नक्कली खाद्य समाग्री बेच्दै आएको फेला परेको हो ।’चिप्स बेच्दै आएको डिलरले श्री महाशक्ति मोटर्स प्रालिको बोर्ड राखेर गुणस्तरहीन खाद्य सामाग्री बेच्दै आएको फेला परेपछि सिल गरिएको टोलीले जनाएको छ । ‘डिलरले बाँके सहित पश्चिम नेपालका विभिन्न जिल्लामा सप्लाई गर्दै आएकोले अनुसन्धानबाट खुलेको छ,’ श्रोतले भन्यो, ‘उपभोक्ता स्वास्थ्य विरुद्ध यो ठूलो घटना हो । नक्कली पोट्याटो क्रेकर बेच्दै आएका डिलरका संचालकले आफुलाई कम्पनीले ठगी गरेको आरोप लगाएका छन् ।’ विहिवार अबेर रातिसम्म अपे्रशन चलाई रहेको बाँकेको अनुगमन टोलीले खाद्य सामाग्री बारे ल्याब रिपोर्ट आउन बाँकी रहेको र सो पछि थप कारवाही अघि बढाउने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

error: Content is protected !!