१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

अर्घाखाँचीमा भारतीय महिलालाई नागरिकता दिलाउने नक्कली बाबु आमासहित वडा अध्यक्ष पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

८ असार /अर्घाखाँची – झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् । वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपालि नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय महिलालाई नागरिकता प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झुटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।
बुबा आमाको नाता कायम गरी वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन २३ गते नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए । नक्कली नागरिकता बनाउन लगाउन योजना बनाउने चुडामणि भाट क्षेत्री भने फरार छन् । निज दुर्गा बहादुर विसी तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।

श्रोत:प्रेमनारायण आचार्य/ हिन्दु खबर अनलाईन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!