२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

अर्घाखाँचीमा भारतीय महिलालाई नागरिकता दिलाउने नक्कली बाबु आमासहित वडा अध्यक्ष पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५


८ असार /अर्घाखाँची – झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् । वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपालि नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय महिलालाई नागरिकता प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झुटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।
बुबा आमाको नाता कायम गरी वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन २३ गते नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए । नक्कली नागरिकता बनाउन लगाउन योजना बनाउने चुडामणि भाट क्षेत्री भने फरार छन् । निज दुर्गा बहादुर विसी तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।

श्रोत:प्रेमनारायण आचार्य/ हिन्दु खबर अनलाईन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!