२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरामीहरुलाई लमही जेसिजले ३० वटा अक्सिजन सिलिण्डर सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

 

(सबी अधिकारी)
दाङ । लमही जेसिजले लमहीमा रहेका २ ओटा छुट्टाछुट्टै अस्पतालमा ३० वटा रिफिल गरिएका अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अक्सिजनको अभाबमा कुनैपनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्दै सिलिण्डर हस्तान्तरण गरिएको लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीले बताए ।

देउखुरीका ४ पालिकाले सञ्चालन गरेका रातोडाँडा स्थित कोरोना अस्पतालमा २५ र लमही अस्पतालमा ५ गरि ३० ओटा सिलिण्डर हस्तान्तरण गरिएको हो । अक्सिजनको अभावमा तड्पि तड्पि ज्यान गुमाएका समाचार हरु बाहिरिए सँगै बिरामीको पिरमर्का प्रती लमही जेसिजले चासो देखाएको छ ।

बिरामीलाई थोरै भएपनि राहत मिलोस भन्दै जेसिजका अध्यक्ष दुलमदास चौधरी, महासचिव सुन्दर केसी, कोषाध्यक्ष निर्मला चौधरी, कार्यकारी उपाध्यक्ष मुकेश चौधरी, जनसम्पर्क अधिकारी केशब दिपक शर्मा लगाएतका पदाधिकारीहरु सोमबार अस्पतालमै पुगेर सिलिण्डर सहयोग गरेका हुन । महामारीको समयमा उनिहरुले सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राखे ।

लमही नगरपालिकाकि उपप्रमुख देवका बेलबासेको विशेष उपस्थितिमा अक्सिजन सिलिण्डरहरु बितरण गरिएको हो । जेसिजका पुर्ब अध्यक्ष हरु सँगै अन्य पदाधिकारीको आर्थिक सहयोगमा अक्सिजन सिलिण्डर रिफिल गरिएको महासचिव सुन्दर केसिले जनाए ।

कोभिड-१९ ले महामारी रुप लिए लगत्तै पैदल यात्रीको उद्वार सँगै खानाको ब्यबस्था समेत गरेको लमही जेसिजले दोस्रो चरणको सँक्रमणमा सुरुवात देखि नै अक्सिजनको ब्यबस्थापनमा खटिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]