०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

बिरामीहरुलाई लमही जेसिजले ३० वटा अक्सिजन सिलिण्डर सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

 

(सबी अधिकारी)
दाङ । लमही जेसिजले लमहीमा रहेका २ ओटा छुट्टाछुट्टै अस्पतालमा ३० वटा रिफिल गरिएका अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अक्सिजनको अभाबमा कुनैपनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्दै सिलिण्डर हस्तान्तरण गरिएको लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीले बताए ।

देउखुरीका ४ पालिकाले सञ्चालन गरेका रातोडाँडा स्थित कोरोना अस्पतालमा २५ र लमही अस्पतालमा ५ गरि ३० ओटा सिलिण्डर हस्तान्तरण गरिएको हो । अक्सिजनको अभावमा तड्पि तड्पि ज्यान गुमाएका समाचार हरु बाहिरिए सँगै बिरामीको पिरमर्का प्रती लमही जेसिजले चासो देखाएको छ ।

बिरामीलाई थोरै भएपनि राहत मिलोस भन्दै जेसिजका अध्यक्ष दुलमदास चौधरी, महासचिव सुन्दर केसी, कोषाध्यक्ष निर्मला चौधरी, कार्यकारी उपाध्यक्ष मुकेश चौधरी, जनसम्पर्क अधिकारी केशब दिपक शर्मा लगाएतका पदाधिकारीहरु सोमबार अस्पतालमै पुगेर सिलिण्डर सहयोग गरेका हुन । महामारीको समयमा उनिहरुले सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राखे ।

लमही नगरपालिकाकि उपप्रमुख देवका बेलबासेको विशेष उपस्थितिमा अक्सिजन सिलिण्डरहरु बितरण गरिएको हो । जेसिजका पुर्ब अध्यक्ष हरु सँगै अन्य पदाधिकारीको आर्थिक सहयोगमा अक्सिजन सिलिण्डर रिफिल गरिएको महासचिव सुन्दर केसिले जनाए ।

कोभिड-१९ ले महामारी रुप लिए लगत्तै पैदल यात्रीको उद्वार सँगै खानाको ब्यबस्था समेत गरेको लमही जेसिजले दोस्रो चरणको सँक्रमणमा सुरुवात देखि नै अक्सिजनको ब्यबस्थापनमा खटिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!