(ABC-Sanchar)
काठमाडौं । जेठ १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र यास नामक शक्तिशाली चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर पश्चिम सर्ने क्रममा रहेको र सोको असर मौसममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक विज्ञप्तिमार्फत अनुरोध गरेको हो।
जल तथा मौसम विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रासस