प्रकशित मिति : ९ असार २०७५, शनिबार ०८:००

९ आषाढ, २०७५

लण्डन । समुह डी अन्तर्गत आफ्नो पहिलो खेलमा अर्जेन्टिनासंग बराबारी गरेको आइसल्याण्ड दोस्रो खेलमा भने पराजित बनेको छ ।
शुक्रबारको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २ शुन्यले हरायो ।
नाइजेरियाको जितको लागि दुवै गोल आमेड मुसाले गरे । लागि खेलको ४९औं मिनेटमा पहिलो गोल गरेका उनले ७५ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
खेलको अन्तिम समयतिर आइसल्यान्डले पाएको पेनाल्टीको अवसर चुकाएको थियो ।
आजको खेलमा आइसल्याण्डको हार अर्जेन्टिनाका लागि भने सुखद बनेको छ ।
आइसल्याण्डको तेस्रो खेलमा क्रोएसियासंग पराजित बनेमा र अर्जेन्टिनाले तेस्रो खेलमा नाइजेरियालाई जितेमा अर्जेन्टिना अर्को चरणमा जान पाउनेछ ।
पहिलो खेलमा आइसल्याण्डसंग बराबरी गरेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएशियासंग ३ शुन्यले पराजित बनेको थियो


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com