२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

बर्दिया एसपी मायाको चिनो लिएर पुर्व प्रहरीलाई भेत्दै

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८


(ABC-Sanchar)
बर्दिया । ईलाका प्रहरी कार्यालय, राजापुरमा बिहीबार विहान औपचारिक कार्यक्रम नभए पनि माहोल फरक देखिन्थ्यो। सुसंगठित शरिर सहितका अधबैसै प्रतिक्षालयमा बसिरहेका थिए। सामाजिक दूरी कायम गरेर बसेको दृश्य इलाका प्रहरी कार्यालयमा देखियो।

अनुशासित ढंगले बसेका सायदै पूर्व प्रहरी अनुमान गर्न सकिन्थ्यो। त्यसै बेला बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको गाडी सोही कार्यालयतर्फ मोडियो। गाडीबाट ओर्लिएका एसपी कार्की प्रतिक्षालयतर्फ लम्कँदै थिए। त्यत्तिकैमा इलाकाका प्रमुख डिएसपी मिनबहादुर घलेले पूर्व प्रहरी जम्मा भएको खुलाए। सामाजिक दूरी कायम गरेर उपस्थित प्रहरी भने खुसी मुद्रामा देखिएका थिए। सायदः उच्च सम्मानका साथ इलाका प्रहरी कार्यालयले निम्तो दिएकाले उपस्थित पूर्व प्रहरीको मनोबल उच्च देखिन्थ्यो।

एसपी भेट्ने कार्यक्रममा उपस्थित २० जना पूर्व प्रहरी आफ्नै पुरानो घरमा फर्केको आभास अनुहारमा प्रष्ट पढ्न सकिन्थ्यो।

त्यत्तिकैमा प्रतिक्षालयमा झुल्किएका प्रहरी उपरीक्षक ईश्वर कार्कीले सोधे , ‘तपाईंहरु सन्चै हुनुहन्छ?’ जागिरबाट अवकाश प्राप्त भएपछि पुरानो घरमा फर्किरहेका महशुस गरेका पूर्व प्रहरी मध्यका पूर्व प्रहरी निरीक्षक केशरबहादुर जिसीले उत्साहका साथ चर्को स्वरमा भने, ‘सलाम साब ! सन्चै छौ हजुर, हजुरलाई कस्तो छ?’

प्रहरी उपरीक्षकले भने, ‘मैले हजुरहरुलाई मायाको चिनो बोकेर आएको छु, सहर्ष स्वीकार्नुस् है!’

एसपी कार्कीको मिठो मसिनो स्वर सुनेका उनीहरुको आखाँमा खुसीको आँसु छचल्कियो। मेरा सहकर्मी पूर्व प्रहरी र अमर प्रहरीका लागि मास्क र साबुन मायाको चिनो बोकेर आएको सुनाउँदा त्यहाँ उपस्थित पूर्व प्रहरी र अमर प्रहरी गम्भीर देखिए।

कुनै आन्दोलनमा सहयोग माग्न सहकार्य गर्न सम्झने प्रहरीले कोरोना कहरमा जकडिएर बसिरहेका पूर्व प्रहरीलाई मायाको चिनोस्वरुप मास्क र सावुन दिन बोलाउँदा उनीहरु अचम्मित भए।

पारिवारिक पृष्ठभूमि र अहिलेको भूमिका विषयमा एसपी कार्कीले चासो दखाउँदा लामो समय संगठनको काममा लागेको र संगठन प्रति अटुट छाप मन मस्तिष्कमा बसेको उनीहरुले सुनाए।

‘हामी हुँदा पनि प्रहरी संगठनमा काम गर्न विभिन्न किसिमका बाधा अड्चन आए’ उनले भने ,‘अहिले पनि बिपददेखि न्याय र सुरक्षाको क्षेत्र सम्पूर्ण जिम्मेवारी काँधमा थपिँदै गएको छ।’

संगठनमा एकदुई जनाको सनकले बेलाबेला हुने कमजोरीले संगठनले क्षति व्यहोर्नु परेको उनले अनुभव साटे। जिल्ला प्रहरी कार्यालय,बर्दियाले मायाको चिनो प्रदान गर्ने कार्यक्रममा सहभागीले अधिकांश पूर्व प्रहरी व्यापार र व्यवसायान संलग्न भएको बताएका थिए।

किराना पसल, रेष्टुरेन्ट र सामाजिक सेवामा पूर्व प्रहरी अग्रपंक्तिमा देखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त भएको र आफ्नै रकम खर्चेर मायाको चिनो प्रदान गरेको एसपी कार्कीले बताए। ‘जीवनको उर्जावान समय प्रहरी संगठनमा खर्चेका पूर्व प्रहरीलाई संगठनप्रति आघात माया हुन्छ’, उनले भने, ‘संक्रामक रोगले देशलाई घरेको अवस्थामा पूर्व प्रहरीसँग माया साटेको मात्र हो।’

समाजमा घटिरहेका अपराध र अन्यायका बारेमा प्रहरीसँग समन्वय र सहकार्यबाट गलत प्रवृत्तिलाई निरुत्साहित गर्न एसपी कार्कीले आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!