२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सरकारी कर्मचारीको मासिक तलब २ हजार बढ्यो

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

(ABC=Sanchar)
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजारले बढाएको छ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन्।

अन्त्री पौडेलले सबै तहका कर्मचारीको तलब दुई/दुई हजारका दरले बढाउइने बताए।

त्यस्तै महंगी भत्ता कायम राख्ने निर्णय पनि अर्थमन्त्री बिष्णु पौडेलले सुनाएका छन्।

कर्मचारीका लागि १० लाखको जीवन बिमा र १ लाख रुपैयाँ दुर्घटन बिमाका लागि समेत सरकारले रकम छुट्याएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]