०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

राजपुरमा माछापोखरीको नाममा नदीजन्य उत्खनन गाउँपालिका मौन

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

(ABC=Sanchar)
दाङ । राजपुर गाउँपालिकामा माछापोखरी बनाउने बहानामा नदीजन्य पदार्थको मनपरी उत्खनन् र बिक्री वितरण हुने गरेको छ ।
राजपुर गाउँपालिका वडा नं. २ अन्तर्गत पर्ने प्रकाशकुमार जिसीको कित्ता नं. १०५ क्षेत्रफल ९५०७.०८ वर्गमिटरको जग्गामा शोभा कृषि फर्म प्रालिको नाममा दुईवटा माछापोखरी खनेर नदीजन्य पदार्थको बिक्री हुने गरेको पाइएको जिल्ला अनुगमन समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले बताए ।
माछापोखरी खन्नका लागि राजपुर गाउँपालिकाबाट अनुमति प्राप्त भएपछि खनिएको नदीजन्य पदार्थको कम राजश्व तिरेर बिक्री वितरण गरेको अनुगमन समितिले जनाएको छ । ‘राप्ती नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन् भएको गुनासो आएपछि उत्खनन् क्षेत्रको अनुगमन गरेका हौँ’, जिल्ला समन्वय समिति प्रमुख नेपालीले भने– ‘अनुगमनका क्रममा माछापोखरी खन्नका लागि प्रक्रिया पूरा छ तर खनिएको नदीजन्य पदार्थको राजश्व कम तिरेर धेरै उत्खनन् भएको छ ।’
उनले त्यसक्रममा केही राजश्व तिरे पनि त्योभन्दा बढी उत्खनन् गरेको बताए । शोभा कृषि फर्म प्रालिले माछोपोखरी निर्माणका क्रममा आउने २० हजार घनफिट नदीजन्य पदार्थ उत्खनन्का लागि राजश्व बुझाएको भए पनि अनुगमनका क्रममा त्योभन्दा धेरै नदीजन्य पदार्थ उत्खनन् भएको पाइएको समन्वय समितिले जनाएको छ ।
तर शोभा कृषि फर्म प्रालिका सञ्चालक प्रकाशकुमार जिसीले भने गाउँपालिकासँग अनुमति लिएर र पालिकाको निर्देशनअनुसार नै माछापोखरी खन्ने र त्यसक्रममा आएको नदीजन्य पदार्थ एस.आर. बालुवा वासिङ प्लान्ट उद्योगलाई दिएको बताए । उनले माछापालन व्यवसाय गर्नका लागि पोखरी खन्ने क्रममा पोखरी केही गहिराई भएको हुनसक्ने भन्दै नदीजन्य पदार्थ बिक्री वितरणकै लागि पोखरी नखनेको दाबी गरे ।
माछापोखरी निर्माणका लागि गाउँपालिकाले अनुमति दिने तर निर्माणका क्रममा अनुगमन नहुँदा समस्या आउने गरेको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले बताइन् । ‘अनुमति दिएपछि कसरी पोखरी खन्ने काम भएको छ, कति खनिएको छ ? भन्ने अनुगमन गरिएको भए यो समस्या आउने थिएन’, जिल्ला समन्वय अधिकारी थापाले भनिन् । उक्त क्षेत्रको अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखसहित प्रहरी, डिभिजन वन लमहीका प्रमुखसहित सञ्चारकर्मीहरुको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!