२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दिया एसपी कार्कीले गरे पूर्व प्रहरी र अमर प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८


(सर्मिला बोगटी)
बर्दिया । जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका पूर्व प्रहरी र अमर प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । जिल्लामा रहेका अवकास प्राप्त प्रहरीलाई बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले मातहतमा बोलाएर स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । जिल्ला प्रहरी कार्यालय प्राप्त स्वास्थ्य सामाग्री र आफ्नै खर्चमा सावुन सर्जिकल माक्स उपलब्ध गराएको प्रहरी निरीक्षक गोपाल पौडेलले बताए ।

कोरोना कहरमा प्रभावित हुन सक्ने, समुदायमा सचेतना फैलाएर कोभिड नियन्त्रण संक्रमण नियन्त्रणमा पुलको काम गर्ने पूर्व र अमर प्रहरीलाई राहत सामाग्री उपलव्ध गराएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । ‘पहिलो प्राथामिकतामा बहालवाला प्रहरी कर्मचारीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएर उपयोग गर्न कडाई गर्दै स्वास्थ्य सामाग्री समुदायमा बसिरहेका पूर्व सहकर्मीलाई सम्झिएर दिएका हुँ ’उनले भने,‘डिउटीमा खटिएर काम गर्ने प्रहरी र समुदायमा रहेका पूर्व प्रहरीलाई स्वास्थ्य सामाग्री बिहिन नहुन् भन्ने उदेश्य हो ।’

पूर्व प्रहरीहरु समुदायमा स्थापित भएपनि मायाको चिनो स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएको उनको भनाई छ । ‘उँहाहरुसँग स्वास्थ्य सामाग्री नभएर दिएको होईन’ उनले भने, ‘लामो समयसम्म संगठनमा काम गरेकाले मायाको चिनो स्वरुप उपहार दिएको हो ।’
एक साता अघि देखि मातहतमा रहेका पूर्व सहकर्मीलाई निम्ताएर स्वास्थ्य सामाग्री वितरण गरेको उपरीक्षक कार्कीले जानकारी दिए । उनका अनुसार समुदायमा पूर्व सहकर्मी सहयोगले जिल्लामा लुकेर बसेका बृकृति, विसंगति नियन्त्रणमा सहयोग पुग्ने, वर्तमान प्रहरी र पूर्व प्रहरी बिच सामिप्यतता बढ्ने समेत उनले विश्वास व्यक्त गरे । ‘समाजको आवश्यक्ता जनमैत्री प्रहरी हो’उनले भने,‘प्रहरी संगठनले समुदायमा विश्वास जित्नका लागि पूर्व सहकर्मीले सहयोगी भूमिका निभाउन सक्नु हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]