०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

बर्दिया एसपी कार्कीले गरे पूर्व प्रहरी र अमर प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८


(सर्मिला बोगटी)
बर्दिया । जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका पूर्व प्रहरी र अमर प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । जिल्लामा रहेका अवकास प्राप्त प्रहरीलाई बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले मातहतमा बोलाएर स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । जिल्ला प्रहरी कार्यालय प्राप्त स्वास्थ्य सामाग्री र आफ्नै खर्चमा सावुन सर्जिकल माक्स उपलब्ध गराएको प्रहरी निरीक्षक गोपाल पौडेलले बताए ।

कोरोना कहरमा प्रभावित हुन सक्ने, समुदायमा सचेतना फैलाएर कोभिड नियन्त्रण संक्रमण नियन्त्रणमा पुलको काम गर्ने पूर्व र अमर प्रहरीलाई राहत सामाग्री उपलव्ध गराएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । ‘पहिलो प्राथामिकतामा बहालवाला प्रहरी कर्मचारीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएर उपयोग गर्न कडाई गर्दै स्वास्थ्य सामाग्री समुदायमा बसिरहेका पूर्व सहकर्मीलाई सम्झिएर दिएका हुँ ’उनले भने,‘डिउटीमा खटिएर काम गर्ने प्रहरी र समुदायमा रहेका पूर्व प्रहरीलाई स्वास्थ्य सामाग्री बिहिन नहुन् भन्ने उदेश्य हो ।’

पूर्व प्रहरीहरु समुदायमा स्थापित भएपनि मायाको चिनो स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराएको उनको भनाई छ । ‘उँहाहरुसँग स्वास्थ्य सामाग्री नभएर दिएको होईन’ उनले भने, ‘लामो समयसम्म संगठनमा काम गरेकाले मायाको चिनो स्वरुप उपहार दिएको हो ।’
एक साता अघि देखि मातहतमा रहेका पूर्व सहकर्मीलाई निम्ताएर स्वास्थ्य सामाग्री वितरण गरेको उपरीक्षक कार्कीले जानकारी दिए । उनका अनुसार समुदायमा पूर्व सहकर्मी सहयोगले जिल्लामा लुकेर बसेका बृकृति, विसंगति नियन्त्रणमा सहयोग पुग्ने, वर्तमान प्रहरी र पूर्व प्रहरी बिच सामिप्यतता बढ्ने समेत उनले विश्वास व्यक्त गरे । ‘समाजको आवश्यक्ता जनमैत्री प्रहरी हो’उनले भने,‘प्रहरी संगठनले समुदायमा विश्वास जित्नका लागि पूर्व सहकर्मीले सहयोगी भूमिका निभाउन सक्नु हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ। छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा […]

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

error: Content is protected !!