०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

अबदेखि दूध ढुवानी गर्ने गाडीमा अनिवार्य लोगो प्रयोग हुने

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८


(ABC-Sanchar)
काठमाडौं । निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रे भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले २०७८ साल असार ४ गते उक्त डेरीलाई लोगो प्रदान गरेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा अस्ति यहि असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियि। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संस्थानलाई लाेगाे हस्तान्तरण गरिएको थियो।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लाेगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण गर्दै जाने बताए ।

पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको थियो भने कमश: प्रक्रिया सहित निवेदन आएपछि थप नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको कुरा बोर्डका कार्यकारी निर्देशक यादबले बताए । अब लोगो अंकित गाडी निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने उनले बताए ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा बोर्डबाट आवश्यक परीक्षण पश्चात वोर्डको मिति २०७८ जेठ ३० को निर्णय बमोजिम दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) उपलब्ध गराउने निर्णय भएको थियो ।

गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह लोगोको सार्वजनिक अनावरण गरेका थिए ।

हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रलाई लोगो वितरण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. विमल कुमार निर्मल, बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, उपमेयर रमा राई, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, सदस्य माधब पौडेल, नगरपालिका कृषि शाखाका प्रमुख काजी बहादुर श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल, केन्द्रिय सदस्य मनोज कुमार घिमिरे, एसोसिएसन काभ्रेका अध्यक्ष रबिन्द्र हुमागाईं, बोर्डका प्रशासन अधिकृत बिदुर राई लगायत मन्त्रालय, बोर्ड तथा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा प्रतीक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सनुश्चित हुने विश्वास लिईएको बोर्डका कार्यकारी निर्देशक यादबले बताए ।

कृषकहरुबाट उत्पादित दूधलाई प्रशोधन, भण्डारण तथा वजारीकरण गर्दा दूधमा पाईने सम्पूर्ण पौष्टिकतत्वहरुको संरक्षण गर्न दूधलाई चिसो तापक्रम ९४⁰ सेन्टिग्रेड कायम हुने गरी राख्नु पर्ने हुन्छ। किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दुधका गाडि देशभर आवात जावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको हो ।

कार्यक्रममा लोगोको उपयोगिता बारे प्रष्ट पार्दै विश्वमै यस्तो खालको लोगो बनाउने नेपाल पहिलो भएको र यस्तो महत्वपूर्ण कार्य गरेकोमा बोर्डलाई धन्यवाद दिदैं एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले दूध के हो र यसको महत्वको बारे प्रष्ट पारेका थिए भने कार्यवाहक सचीव डा. निर्मलले अब देशै भरी यसरी नै लोगो बितरण गर्दै जाने र यसको जानकारी सम्बन्धित सरोकारवाला, सुरक्षा निकाय लगायत आवश्यक अन्य सबै स्थानमा गराउँदै जाने कुरा बताए।

अति आवश्यक बस्तु ओसारपसार गर्न यसरी लोगोको प्रयोग गर्नु अति आवश्यक कुरा हो । बालकदेखि वृद्धासम्म नभइ नहुने दूध जस्तो पवित्र चिजलाई हामी सबै मिलि आवश्यक सहयोग गर्नुपर्छ र अब यो लोगोको विषयमा व्यापक प्रचारप्रसार आवश्यक रहेको कुरा मेयर खरेलले बताए ।

नेपाल डेरी एसाेसिएशनका महासचिव प्रल्हाद दाहालले बाेर्डले सुरू गरेकाे लाेगाे वितरण कार्यकाे प्रशंसा गर्दै यसको य्रयोगमा एसोसिएसनको पुर्ण साथ रहने बताउँदै लाेगाेकाे प्रयाेगलाई देशव्यापी विस्तार गर्दै ढुवानी सहज बनाउनु पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!