२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हाम्रो देशको यथार्थता कस्तो राजनीति हो नेपालमा

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८

(ABC-Sanchar)
काठमाण्डू । यो देशका राजा लगायत सबै नेताहरुले कस्तो देश यानी मानव समाजको परिकल्पना गरेर राजनिती गर्दैछ भनेर सोच्दा,नेपालीहरु जन्मे देखी नमरुन्जेल सम्म झगडा,लफडा र मुद्धा कि लाहुरमा पलायन हुने कार्य मात्र निरन्तरता चलिरहेका छ ।

नेपाली हरुको सुख खुशी भनेको नै बिदेशमा मात्र हुने रहेछ । जस्ले पनि बिकास र सम्रिद्धीको कुरा गर्छ आतंकवाद देखेकै होइन । सफा सुन्दर सफा हराभरा भन्छ फोहर देखेकै होइन । आकाश हेरेर हराभरा देखेर भुई तिरको फोहर त देखेकै छैन । समस्या संबिधान,कानुन,शिक्षा अनी गैर नेपालीहरु हुन । एम सि सि अनुमोदन ढिलाई नगरिकन यहाँका आतंककारीहरुलाई ब्यबस्थापन गर्दै लैजानु को अर्को बिकल्प छैन ।

जुनदिन नेपालीहरु बैदेशिक रोजगार जाने सन्ख्यामा न्युनिकरण हुँदै स्वदेशमा शान्ती पुर्वक काम गर्ने वातावरण पाउछ त्यो समय नै नेपालको बिकास हो । अहिले विश्वमा नेपाली राहदानी बाहक नेपाली वा गैर नेपालीहरु लगायत अन्य गरीब मुलुकका नागरिकहरुको कारण बिकासित मुलुकहरुमा सामाजिक समस्या र आतङ्कवाद सिर्जना हुने जोखिम र चिन्ताले गर्दा बिकसित मुलुकहरु आतङ्कवाद रोकथामको लागि बिभिन्न परियोजनाहरुका साथ नेपालमा सुधारको लागि आएका हुन भने यताका राजनितीज्ञ भनाउदा बौदिक ब्यक्तित्वहरु नेपाल उठाएर लान आएको जस्तो बिरोध गर्छन् ।

कि हामीले बिदेशी मुलुकहरुसँग सम्बन्ध नै राख्न छोड्नु पर्‍यो । होइन भने, अन्य देशको मापदण्डमा पुगेर नेपालमा पनि नेपालीहरु बिदेशमा शान्ती र खुशीका साथ घरजम गरेको जस्तै बिदेशीहरु पनि नेपालमा त्यसरी नै बस्ने बातावरण बनाउन सक्नु पर्‍यो । आफ्नो देशमा कोही बस्नै नसक्ने गरी आतङ्क मच्चाउने,अर्काको देशमा गएर पनि सामाजिक समस्या सिर्जना गर्ने अनी नेपालका आतङ्ककारीहरुलाई पोस्न पैसा पनि दिने, जहाँ जहाँ जे जे गर्न मन लागि गर्न छुट दिन त पक्कै मिल्दैन । नेपालीहरुको चेतना र नियतमा समस्या छ । राजनिती त ब्यक्तीको क्षमताले परिवर्तन,प्रतिफल र नतिजा देखाउने हुन ।

बिकासित मुलुकहरुका नेताहरु सबै सबै नेताहरुले जन्मिदै, बिकास र शान्ती लिएर जन्मेका नेपालीहरुमात्र अभागी भन्ने सोच जस्तो लागेर आउछ । आतंकवाद जहाँ छ त्यहा दुर्गती पक्का छ । राउटेपन हटाउने शिक्षाको बिकास र आतङ्कवादी निर्मुल गर्न सक्नु नै बिकास हो ।
लेखक :- एसिया फ़्रेण्डसिप एसोसिएशन जापानका अध्यक्ष हुन् ! (अनोज शाक्यबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!