१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

महादेव गुरुङ काङ्ग्रेस पार्टीका एक असल कर्मठ र ईमान्दार नेता हुन :- युवा नेता धिरज गुप्ता

Logo
प्रकाशित बिहिबार, आषाढ २४, २०७८

 

(ABC-Sanchar)
बिरगंज । आजकल माओवादीसंग घाँटी नै जोड्छन्। तर त्यतिबेला माओवादीको बिगबिगी, एमालेको आक्रमण। काग्रेंस भेट्नै नहुने, माओवादीले भेटे रेटीहाल्ने, एमालेले भेटे पिटिहाल्ने।

त्यस्तो बेला महादेव ज्यूको आशिर्वाद बिना काठमाडौंका कुनै कलेजमा विद्यार्थी राजनिति असम्भव थियो। गुरुङ ज्यूले नजोगाएको भए काठमाडौंका अधिकांश ठूला कलेजमा नेविसंघको संगठन हुँदैनथ्यो।

किन काठमाडौं मात्रै भन्ने? देशव्यापी काग्रेंसका चिचिला जोगाउने गुरुङ ज्यू नै हो।

अहिले मै हुँ भन्ने, चर्का गफ हाँक्ने केही युवा नेतालाई एमाले र माओवादीका प्रहारबाट नजोगाइदिएको भए तिनिहरुको राजनिति त्यतै सेलाउथ्यो होला।

गुरुङ ज्यूको युवा सञ्जाल देशव्यापी थियो। महादेव भनेपछि मुटु काप्थ्यो अरु पार्टीको। गुरुङ ज्यूको जिविस सभापति हुँदाका,मन्त्री हुँदाका किस्सा देशभरका कार्यकर्ताले गाउँथे उबेला।

तर पछि देशीविदेशी, दृश्य-अदृश्य शक्तिकेन्द्रको षड्यन्त्रको शिकार गुरुङ ज्यू हुनुभयो। केन्द्रीय तहमा पुगिसकेको नेता केन्द्रीय सदस्यको टिममा पर्न बाट रोकियो।

नेविसंघको पोखरा महाधिवेशन भर्खरै सकिएको थियो। त्यतिबेला एकजनाले भनेका थिए,महादेवलाई अब नियोजित रुपमा शक्तिहिन बनाइदैँ छ भन्ने। त्यतिबेला पत्यार लागेन्। आज त्यही रहेछ कि झैं लाग्छ।

विद्रोह नगरोस् भनेर ६३को परिवर्तन पछि चुनावमा टिकटसम्म दिए जस्तो गरे।

पार्टीभित्र पूर्वराज्य मन्त्री,नेविसंघको पूर्व महामन्त्री भइसकेको तरुण दलको अध्यक्ष महादेव ज्यले कुनै टिममा पर्नु भएन।

नेविसंघ र तरुण दलको पदाधिकारी भइसकेको नेता सबै अहिले केन्द्रमा सेट हुने महादेव ज्यू कतै नपर्ने स्थिति किन आइलाग्यो त?

किनकी महादेव ज्यूले गलतलाई सही भन्नुभएन। वीपीको सिद्दान्तलाई ६३ सालमा माओवादीको करकमलमा चढाउन मान्नु भएन। मौन बस्नु भयो। चुप लाग्नु भयो। तर अह! सहमति दिनु भएन। जातियता र क्षेत्रियतालाई गुरुङ ज्यूले प्रश्रय दिनु भएन। यो राष्ट्र प्रति, यो राष्ट्रको धर्म प्रति महादेव ज्यूको विश्वास कसैले डगाउन खोजेर डगेन।

त्यसैले, यति सम्भावना बोकेका नेताहरु माथि भएको अपमानको लेखाजोखा इतिहासमा राख्नैपर्छ। यिनको नैतिकता र अडानमा सबै नेता-कार्यकर्ताहरु पछि उभिनै पर्छ।

हाम्रा नेताहरुले लडिरहेका जंगमा हाम्रो समर्थन छ। अब मौनता टोडेर काग्रेंस भित्र हाबी माओवादी प्रवृत्तिलाई हमला गर्ने बेला भयो महादेव ज्यू। अहिलेसम्म मौन बसेर हामी कार्यकर्ता भित्रको पवित्र बीपी आवाजलाई जोगाउनु भयो। अब हुँकार गरेर बिग्रेको ‘कोर्ष’ सपार्ने बेला भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]