२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अबैध क्रसर उद्योगको समस्या प्रहरी र प्रशासनबाट जादुको छडी जस्तो हुदैन सिडियो कुरुम्बाङ्ग

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

ABC-Sanchar)
दाङ । बाकेमा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग अबैध र मापदण्ड बिपरितका क्रसर बन्द गराएर निकै चर्चामा आए । हालै मात्रै गृहमन्त्रालयबाट दाङ सरुवा भइ आएका उनै प्रजिअ कुरुम्बाङ्गले आफू क्रसर बन्द गराउने पक्षमा नरहेको बताएका छन ।
उनले बिकास निर्माणमा नदिजन्य पदार्थ अत्यन्त आबश्यक पर्ने भएकाले बिकास निर्माणको सवालमा क्रशर बन्द गर्ने कुरा आफू नरहेको बताए । उनले नदिजन्य अबैध उत्खननमा मापदण्ड बिपरित गरेको पाइए तत्कालै कारबाही गर्नुपर्ने बताए ।

क्रसरको समस्या स्थानिय प्रहरी प्रशासनबाट जादु गरे जसरि समाधान हुदैन-प्रजिअ कुरुम्बाङ्ग 2
उनले दाङमा बैध क्रसर १-२ वटा बाहेक खासै नरहेको र अरु सबै क्रसर बन्द गर्नुपर्ने अबस्था आउने बताए । स्थानीय प्रहरी प्रशासनले जादु गरे अनुसार क्रसर बारे केही गर्न नसक्ने उनले बताए । पैसाको कुनै लोभ नगरे कसैले प्रश्न चिन्ह नै नउठाउने उनले बताए । बिकास र सुसासन पनि जोडिएकाले क्रसरको समस्या रास्ट्रिय समस्या भएको तर्क समेत गरे । अबैध उत्खननमा सहयोग गरेको पाइए सबै कानुनी दायरामा आउने चेतावानि दिए । नियमपुर्बक उत्खनन् हुनुपर्ने भन्दै यहा चोर्ने प्रबृत्ति धेरै रहेको उनको भनाइ छ ।

क्रसरको समस्या स्थानिय प्रहरी प्रशासनबाट जादु गरे जसरि समाधान हुदैन-प्रजिअ कुरुम्बाङ्ग 3
उनले मापदण्ड पुर्याएर हुने दोहन ठिक भएको र नदिजन्य पदार्थले भरिएको अबस्थामा निकाल्दा राम्रो हुने तर्क गर्दै उनले चोरेर दोहन गर्ने कामले समस्या उत्पन्न गराउने पनि बताए ।

क्रसरको समस्या स्थानिय प्रहरी प्रशासनबाट जादु गरे जसरि समाधान हुदैन-प्रजिअ कुरुम्बाङ्ग 4
फरक प्रसङ्गमा प्रजिअ कुरुम्बाङ्गले घोराही सिमेन्टको चुनढुङ्गा नै खराब रहेको भन्दै अहिले अनुगमन गरे पनि गुणस्तर नाप्ने हो भने त्यसको मापदण्ड नपुग्ने दाबी गरे । उनले आफू बर्दियामा रहदा तत्कालिन अबस्थामा गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको आरोपमा उद्याेगको सन्चालकलाई थुनेर कारबाही गर्नुको साथै ३० लाख जरिवाना गरेको बताए । आफू बिकास निर्माण तर्फ लाग्ने भन्दै बिकास निर्माणमा हुने ढिलासुस्ती सबै मिलेर रोक्नुपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]