२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

चुरोटमा गाजा हालेर खाने र प्रहरीलाई ५ सय घुस दिनने एक पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

ABC (क्राईमबिट)
सिन्धुली । कमलामाई नगरपालिका-९ भिमानस्थित ड्युटीमा डिउटीमा खटिएको प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एक जना गएराति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुधौली नगरपालिका-११ बस्ने २५ वर्षीय सरगम घिमिरे रहेका छन् ।

भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ३६०७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनको साथबाट १ खिल्ली चुरोटमा लागूऔषध गाँजा भरी राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई उक्त नगद तथा मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]