२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिपि उधानको जग्गामा अन्य निर्माणको कार्य गर्दै प्रकृति मास्ने कामको बिरोध गरौ: युवा नेता गुप्ता

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८


(ABC-Sanchar)
बिरगंज । बिपि उधानको जग्गामा अन्य निर्माणको कार्य गर्दै आईरहेको बिरगंज महानगरले प्रकृति मास्ने काम गरेकोले बिरगंजबासी यसको बिरोध गर्नु पर्ने युवा नेता धिरज गुप्ता बताउनु हुन्छ । बिरगंज महानगरपालिकाले गलत कार्य गर्दै छ। पुर्व सरकारले गरेको निर्णय विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड ढलान कार्य गर्दै अन्य निर्माण बिकासमा प्रयोग गरि रहेको  जानकारीमा आएकोले यसलाई रोक्न बिरगंजेलीहरु किन तातेका छैनन्।हामीलाई प्राकृतिक हराभरा जुन सुकै पार्क चाहिन्छ।प्रकृति मास्ने गरि अन्य बिकास चाहिएको छैन।यसतर्फ सबै पक्षधरका बीरगजेलीहरु बोल्नु पर्छ।त्यो कार्य घन्टाघरको उत्तर तर्फ साबिक नेपाल यातायात सस्थानको जग्गा हाल बिरगंज  महानगरपालिकाको स्वामित्वमा रहेका छन। प्रमाणको रुपमा पुर्व नेपाल सरकारले लालपुर्जाको कैफियतमा दिएको निर्देशन यस्तो छ। बिपि उधान प्रयाेग गर्ने शर्तमा नै नेपाल यातायात संस्थानकाे जग्गा तत्कालीन बिरगंज उपमहानगरपालिकालाई रु. दश कराेडमा श्री ५ काे सरकारले तत्कालीन मेयर गाेपाल गिरिकाे पहलमा अर्थमन्त्री डा० प्रकाश चन्द्र लाेहनिले रजिष्ट्रेशन दस्तुरमा केहि सहुलियत प्रदान गरि बिरगंज उपमहानगरपालिकाकाे नाममा लेखत पारित भएकाे थियाे । तर उक्त जग्गामा भुमाफियाकाे ग्रायण्ड डिजाईङमा प्लटिङ गरेर बिक्रि गर्ने खेलकाे सुईकाे पाई त्यसबेलाका उपमेयर अजय द्विवेदिले बिधार्थि,शिक्षक र आम नागरिकलाई सडकमा उतारेकाेले साे जग्गा बिपि उधानकाे लागि उनकै कार्यकालमा रु. पाँच कराेड र बिमल श्रीवास्तवकाे पालामा रु. ५ कराेड भुक्तानि गरिएकाे थियाे । त्यसकारण उक्त जग्गा बिपि उधानकाे नाम जाेडिएकाेले बिपि उधान बाहेक अन्य प्रयाेजन गरि हराभरा उधानलाई कुरुप बनाउने याेजनालाई नेपालि काँग्रेसले कडा बिराेध गर्नुपर्छ र अन्यले पनि साथ दिनु पर्छ भन्ने गुप्ताको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]