२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

हवाई उडानको भाडादर बढेयो धनगढी काठमाडौं भाडा ९ हजार

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८


(ABC-Sanchar)
काठमाडौं । सरकारले आन्तरिकतर्फको उडान खुल्ला गरे पनि भाडादर भने अचाक्ली महंगो भएको छ। ५० प्रतिशत क्षमतामा मात्रै उडान खुला गरेसँगै यतिखेर काठमाडौं तर्फको भाडादर अकाशिएको हो। यतिबेला काठमाडौंबाट हुने उडानमा यात्रु अकुपेन्सी ८० र काठमाडौं भित्रिने उडानको ९५ प्रतिशत छ। काठमाडौं भित्रिने यात्रुले चर्को भाडा तिर्नुपरेको छ।

हवाई सेवा कम्पनीहरुले बिभिन्न खर्चको कारण देखाएर टिकट दर महंगो बनाएका छन्। एक साता अघिदेखि नियमित उडान सुरु भएसँगै सेवा उडान गरिरहेका बुद्ध, श्री, यती, सौर्य लगायत वायुसेवाले सार्वजनिक गरेको भाडादर अनुसार धनगढी-काठमाडौं सुरुवाती भाडादर नै नौ हजार चार सय रुपैयाँ भएको छ।

आइतबारका लागि सार्वजनिक गरिएको भाडादर अनुसार काठमाडौं-धनगढी उडानका लागि भने ३२ सय रुपैयाँ निर्धारण गरिएको छ।काठमाडौंबाट बाहिरिनेको तुलनामा भित्रिने यात्रुको एक तर्फी माग र उडान संख्या कम भएका कारण न्यूनतम भाडादर कायम निर्धारण गर्न नसकिएको वायुसेवा कम्पनीले दाबी गरेका छन्।

सीमित उडान, महंगो भाडा भएपछि यात्रुलाई मर्का परेको गुनासो आएपछि सरकारले अब पूर्ण क्षमतामा उडाउन खुलाउने तयारी गरेको छ। नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका पदाधिकारीले अवस्थाको समीक्षा गरेर यसबारे निर्णय गर्न मन्त्रालयले बाटो खोलिदिएको छ।

उडान संख्या कम र एकतर्फी उडानको माग धेरै आएका कारण न्युनतम भाडादर कायम गर्न नसकिएको निजी वायुसेवा कम्पनी यती एयरलाइन्सको पनि जिकिर छ। फ्युल सरचार्ज बढेका कारण पनि यतिखेर सस्तो भाडादर लागू गर्नै अप्ठ्यारो रहेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।