२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सॉसद महेश्वर गहतराज अथकको नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई खुलापत्र

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेपालको राजनीतिमा क. प्रचण्ड ज्यूको अहम भूमिका बारे जगजाहेर नै छ । अर्को शब्दमा भन्नु पर्दा तपाईको सहयोग बिना नेपाली राजनीतिले बामे पनि सर्न सक्दैन । अध्यक्ष क. प्रचण्ड ज्यू समक्ष हामी बिशेष रूपमा बॉके जिल्लाको बिकास चाहन्छौं भन्ने कुरा अनुरोध गर्दछौं । बॉके जिल्लामा बिकासको लागि स्थानिय सरकारबाट आफुबाट हुन सक्ने बिकास निर्माण गरेका पनि छन्, त्यसलाई नकार्न सकिदैन । तर जुन गतिमा बिकास हुनु पर्ने हो त्यो नभएकोले हामीले तपाई समक्ष अनुरोध गर्न लागेको हौं ।
बॉके जिल्लाको बिकासको लागि बॉके क्षेत्र नं. १ का सॉसद महेश्वर गहतराज “अथक” ज्यू लाई अबको मन्त्री परिषदमा मन्त्रीको रूपमा क. प्रचण्ड ज्यू बाट बिशेष पहलको आवश्यकता र बॉकेका जनताको माग पनि हो । सॉसद महेश्वर गहतराज अर्थात अथक, द्वन्द्वकालमा जुन हैसियतमा थिए आज पनि त्यही हैसियत अर्को अर्थमा भन्नु पर्दा उहॉको लवाई खुवाईमा कुनै पनि परिवर्तन नआएकोले बॉकेबासीले एउटा इमानदार र बिकास प्रेमी नेताको रूपमा माया पनि गर्दै आएका छन् ।
सॉसद महेश्वर गहतराज “अथक” जस्ता इमानदार व्यक्तित्वलाई मन्त्री परिषदमा सहभागीको लागी प्रमुख एवम् अहम भूमिका निर्वाह गरिदिनु हुन क. प्रचण्ड ज्यू समक्ष अनुरोधका साथै जोडदार माग पनि गर्दछौं । हामीलाई बिश्वास छ की क. प्रचण्ड ज्यू बाट बॉके जिल्लाको बिकासको लागि अहम भूमिका खेल्नु हुने कुरामा ढुक्क पनि छौं ।
ध्वनिखबर डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!