१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

सॉसद महेश्वर गहतराज अथकको नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई खुलापत्र

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेपालको राजनीतिमा क. प्रचण्ड ज्यूको अहम भूमिका बारे जगजाहेर नै छ । अर्को शब्दमा भन्नु पर्दा तपाईको सहयोग बिना नेपाली राजनीतिले बामे पनि सर्न सक्दैन । अध्यक्ष क. प्रचण्ड ज्यू समक्ष हामी बिशेष रूपमा बॉके जिल्लाको बिकास चाहन्छौं भन्ने कुरा अनुरोध गर्दछौं । बॉके जिल्लामा बिकासको लागि स्थानिय सरकारबाट आफुबाट हुन सक्ने बिकास निर्माण गरेका पनि छन्, त्यसलाई नकार्न सकिदैन । तर जुन गतिमा बिकास हुनु पर्ने हो त्यो नभएकोले हामीले तपाई समक्ष अनुरोध गर्न लागेको हौं ।
बॉके जिल्लाको बिकासको लागि बॉके क्षेत्र नं. १ का सॉसद महेश्वर गहतराज “अथक” ज्यू लाई अबको मन्त्री परिषदमा मन्त्रीको रूपमा क. प्रचण्ड ज्यू बाट बिशेष पहलको आवश्यकता र बॉकेका जनताको माग पनि हो । सॉसद महेश्वर गहतराज अर्थात अथक, द्वन्द्वकालमा जुन हैसियतमा थिए आज पनि त्यही हैसियत अर्को अर्थमा भन्नु पर्दा उहॉको लवाई खुवाईमा कुनै पनि परिवर्तन नआएकोले बॉकेबासीले एउटा इमानदार र बिकास प्रेमी नेताको रूपमा माया पनि गर्दै आएका छन् ।
सॉसद महेश्वर गहतराज “अथक” जस्ता इमानदार व्यक्तित्वलाई मन्त्री परिषदमा सहभागीको लागी प्रमुख एवम् अहम भूमिका निर्वाह गरिदिनु हुन क. प्रचण्ड ज्यू समक्ष अनुरोधका साथै जोडदार माग पनि गर्दछौं । हामीलाई बिश्वास छ की क. प्रचण्ड ज्यू बाट बॉके जिल्लाको बिकासको लागि अहम भूमिका खेल्नु हुने कुरामा ढुक्क पनि छौं ।
ध्वनिखबर डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]