२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङ प्रहरीले ११० ग्राम खैरो हेरोइन सहित दुईजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८

ABC (क्राईमबिट)
दाङ । प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके ज्लिला डुडुवा गाउँपालिका–१ निवासी ३० बर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ बर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले उनीहरुलाई विहिवार साँझ अमिलियाबाट पक्राउ गरेको थियो ।

एसपी काफ्लेका अनुसार पक्राउ परेका दुबै जना अपराधिक पृष्ठभुमीका रहेको बताए । ‘पक्राउ परेका दुवै जना पराधिक पृष्ठभुमीमा संलग्न रहेको देखिन्छ’–एसपी काफ्लेले भने–‘लागुऔषधसहित पक्राउ परेपछि उनीहरुमाथि थप अनुसन्धान भैरहेको छ ।’ प्रहरीका अनुसार उनीहरुले अनुसन्धानका क्रममा भारतबाट ल्याएर दाङमा प्रतिग्राम १० हजारका दरले विक्रि गर्ने गरेको बताएको प्रहरीले जनाएको छ । राजा योगीलाई २०७१ साल कार्तिक २३ गते महानगरीय प्रहरी वृत कालिमाटीले लागुऔषध खैरो हेरोइन २० ग्राम ६२० मिलिग्रामसहित पक्राउ गरेको थियो । उक्त मुद्धामा योगीले ६ बर्ष कैद सजाय भुक्तान गरी कारागारबाट मृक्त भएका थिए ।

त्यसैगरी राजु भन्ने नोर महमद दर्जी पनि डाँका चोरी कसुर मुद्धामा दुई बर्ष कैद भुक्तान गरी कारागार मुक्त भएका व्यक्ति भएको प्रहरीले बताएको छ । निजलाई जिल्ला प्रहरी कार्यालय बाँकेले २०७० मंसिर १६गते डाँका चोरी कसुरमा मुद्धा दर्ता गरेको थियो । लागुऔषधमा खैरो हेरोइनसहित पक्राउ परेको यो जिल्लाकै अहिलेसम्मकै ठुलो परिमाण हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।