३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

“एक बालक “

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

✍🏻 दीपक राज जोशी
•••••••••••••••••••••••••••••

एउटा बालकको जन्म भयो,
गाँउ भरि खुशियाली छायो,
हर्शोलासमय वातावरणमा,
प्रकृति पनि आन्नदित मनले बिभोर भयो,

पुजा-आजा गरियो,
बाजा-गाजा बजाइयो,
समाजका ठूला भनाउँदाहरूले पनि
बालकलाई आषिश दिएँ,

भब्य पार्टी र भोजको ब्यबस्था गरियो,
घरलाई नव-बेहुली झै सिंगारियो,
रमझम साँझमा मनहरू
उमंगको छालसँगै नाँचिरहेका थिएँ,

परिवारमा त्यो बालक
पाचौ सन्तान छोरो भएर जन्मायो
दीदी र दाईहरूको भाई ,
बालकको नाम पनि राखियो,

समय पखेटा फिजाई
आफ्नै विशिष्ट गतिमा उड्दै थियो,
समयको वहावसँगै
उ पनि हल्लक बढ्यो

बीस कटेर पचिस बसन्तमा पस्यो,
अब, आमा-बाबालाई
छोराको बिहेको चिन्ताले घेर्यो,
तर बेहुली आफै खोज्यो,

सबै रित पुर्याउन नसकेनी
बिहे गरेको प्रमाण सहित
युवक ससुराल गयो ,
घर खुशियालीले छायो,

समयले फड्को मार्यो,
केही वर्ष उनिहरू संगै बस्छन,
जति झगडा गरेनि
माया प्रगाढ़ थियो

बिहे हुनु अघि,
चार दाजु-भाई सँगै रमाएँ, बसे,
बिहे पश्चात,
सबै बेग्ला-बेग्लै भएँ,

युवक आफ्नी श्रीमतिसँग
खुशियाली जीवन ब्यतित गर्न थाल्यो,
अचानक मनमा
बिदेश जाने कुराले घर बनायो,

शायद, कम समयमा
बढी पैसा कमाउनु थियो उसले,
अनि के थियो र, उ
बिदेश तिर पनि लाग्यो,

लाखौ ऋण काडेर बिदेशियो,
रतग सुकाउँदै कडा मिहिनेत गर्यो,
काम गर्दै श्रीमति सम्झिन्थ्यो,
छातीमा अपार प्रेम जागेर आउथ्यो,

बेला बखत लाखौ रूपैया
श्रीमतीलाई पठाउँथ्यो,
धेरै वर्ष बिताएर,
उ घर फर्कियो,

प्यारी अर्धाङिनीलाई भेट्न खोज्यो,
घर नपस्दै, अनौठो खवर सुन्यो,
थियो त केवल घर अनि गाँउ
श्रीमति जसलाई उसले विश्वास गर्यो,
आज सारा सम्पति र पैसा बोकेर हिडेको देख्यो,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) मनभित्रकाे सपना थुनेर तिम्रा यादहरु बाेकेर शहरको गल्लीमा एक्लै भाैतारिरहेकाे छु ।   म आफू भित्र आफै खाेज्दैछु तर, तिम्राे सम्झनाका पाेकाे पारे म बुझ्छु तिम्रा बाध्यताहरु तिम्रा सिमाहरु अनि परिस्थितिका बन्धन   कैयाै जुनेली रात तारा र चन्द्रहरुकाे साथ घाेत्लिदै टाेलाउँछु बुनिएका सपनाहरु एकै पटक सिसाका महल सरह गर्ल्याम्म ढल्दा फेरि झसङ्ग […]

(ABC-Sanchar) धनगढी । टीकापुर २ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै कारबाही गरेको हो। प्राधिकरणका अनुसार काठमाडौँदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको हो। उनीहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

error: Content is protected !!