११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

पत्रकार पाण्डव शर्माको मनभित्रको सपना थुनेर यादहरु बोकेर (कविता)

Logo
प्रकाशित बिहिबार, भाद्र ०७, २०८०

 

(ABC-Sanchar)

मनभित्रकाे सपना थुनेर

तिम्रा यादहरु बाेकेर

शहरको गल्लीमा एक्लै भाैतारिरहेकाे छु ।

 

म आफू भित्र

आफै खाेज्दैछु

तर, तिम्राे सम्झनाका पाेकाे पारे

म बुझ्छु तिम्रा बाध्यताहरु

तिम्रा सिमाहरु

अनि परिस्थितिका बन्धन

 

कैयाै जुनेली रात

तारा र चन्द्रहरुकाे साथ

घाेत्लिदै टाेलाउँछु

बुनिएका सपनाहरु

एकै पटक

सिसाका महल सरह

गर्ल्याम्म ढल्दा फेरि झसङ्ग बिउझन्छु।

 

मदनकाे बिछाेडमा

मुना छटपटाए झैं

खाेलाबाट बगरमा

फ्याकिएकाे माछा जस्तै

सिकारीले ढुकुर मार्दा

वियाेगमा चिर्विराएकाे

अभागी ढुकुर जस्तै म छटपटाइरहेकाे हुन्छु।

 

कैयन पटक म

आफूले आफैलाई

सम्हाल्ने प्रयास गरिरहेकाे हुन्छु

तर, प्रेमकाे सागरमा डुबेको

एउटा पागल प्रेमी आकाशबाट तीब्र गतिमा

खस्दै गरेकाे ढुङ्गा

बर्खे झरीकाे भल

यी कसैले थाम्न सक्दाे रहेन छ

त्यसैले फेरि पनि

मनभित्रकाे सपना थुनेर

तिम्रा यादहरु बाेकेर

शहरको गल्लीमा

एक्लै भाैतारिरहेकाे छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मलाई आदर्णिय मित्र सविन प्रियसनले घोराही बनाउन के के गर्नुपर्ला ? भनेर सोध्नुभयो । यहि शब्दले पनि उहाँ घोराही प्रति कत्तिको चिन्तित हुनुहुन्छ भन्नेबारे प्रष्ट हुन्छ।जसले आफ्नो गाउँ सहर बनाउने सपना बुनेको हुन्छ उसमा कत्ति पनि मपाईँ हुदैन बरू उनिहरूले अरूसँग भएको भिजन सङ्कलन गरेर सबैलाई साथमा लिएर अगाडि बड्न चाहान्छन्।यही विचारधाराले यात्रा […]

  (ABC-Sanchar) मनभित्रकाे सपना थुनेर तिम्रा यादहरु बाेकेर शहरको गल्लीमा एक्लै भाैतारिरहेकाे छु ।   म आफू भित्र आफै खाेज्दैछु तर, तिम्राे सम्झनाका पाेकाे पारे म बुझ्छु तिम्रा बाध्यताहरु तिम्रा सिमाहरु अनि परिस्थितिका बन्धन   कैयाै जुनेली रात तारा र चन्द्रहरुकाे साथ घाेत्लिदै टाेलाउँछु बुनिएका सपनाहरु एकै पटक सिसाका महल सरह गर्ल्याम्म ढल्दा फेरि झसङ्ग […]

(ABC-Sanchar) धनगढी । टीकापुर २ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । […]

error: Content is protected !!