१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

सशस्त्र प्रहरीको बढुवामा पावर विवादास्पद मालामाल लोक सेवा पास गर्नेहरु हिस्सा परे

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नयाँ सरकार परिवर्तन भएलगत्तै सशस्त्र प्रहरी बलका १५ डीएसपी एसपी बढुवा सिफारिस भएका छन् । २०७८ साउन १ गते बसेको बढुवा समितिको बैठकले १५ डीएसपीलाई एसपी बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बढुवा सिफारिस गरेका डीएसपीहरूमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भुर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा छन् । त्यसैगरी, अच्यूतकुमार मजगैया, त्रिभुवन बिष्ट, सुनिल केसरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरि कुइँकेल, सुशील सुवेदी, बिमल डाँगी र धनबहादुर सिंह बढुवा भएका छन् ।

बढुवा सिफारिस भएका सशस्त्र प्रहरी बलका डीएसपीहरूमा ५ जना प्राविधिक छन् । नेपाल प्रहरीको सईबाट २०५७ सालमा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका यिनीहरू चलखेल गरी इन्फेन्ट्रीतर्फ छिरेका हुन् । सशस्त्र प्रहरी बलमा इन्फेन्ट्रीतर्फ छिरेका यिनीहरूमध्ये केहीले बढुवामा नपरेपछि गत वर्ष अदालतमा मुद्दासमेत हालेका थिए । प्राविधिकबाट आएका लेखनाथ खनाल र अच्युत मजगैयाले सिसम २ का डीएसपी एसपी बढुवा भएपछि आफुहरूमाथि अन्याय भएको भन्दै मुद्दा हालेका थिए । आफुहरू वरिष्ठ भएको र स्टाफ कलेजसमेत पास गरेको दाबी गर्दै मुद्दा हालेपनि अदालतले उनीहरूको दाबी नपुग्ने ठहर गरेको थियो । संगठनविरुद्ध मुद्दा दायर गर्ने दुबै एसपीको कार्यसम्पादन मूल्यांकन नम्बर आईजीपी शैलेन्द्र खनालले काटेका थिए । कार्यसम्पादन मूल्यांकनमा २ नम्बर काटिएका उनीहरू अहिले बढुवामा परेका छन् । कार्यसम्पादन मूल्यांकन नम्बर काटिएकाहरू कसरी बढुवामा परे ? सशस्त्रभित्रै चर्चाको विषय बनेको छ ।

२ नम्बरका डीएसपी बढुवामै परेनन्
सशस्त्रमा डीएसपीबाट एसपी बढुवामा वरिष्ठतालाई उल्लंघन गरिएको गुनासो छ । वरिष्ठताक्रममा २ नम्बरमा रहेका हस्तबहादुर गुरुङलाई बढुवा गरिएको छैन । त्यस्तै उद्धव रावल र प्रेम रावललगायतका छुटेका छन् । नेपाल प्रहरीको असईबाट आएको यो टोलीका धेरैको शैक्षिक योग्यताको प्रमाणपत्र नै शंकास्पद रहेको समाचार साँघुले उजागर गर्दा पनि छानबिन नै नगरी गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षताको समितिले बढुवा सिफारिस गरेको छ ।

तनहुँ घर भएका गुरुङले नेपली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बढुवाका लागि अनुनयविनय गरेको स्रोत बताउछ । पौडेलले पनि गृहमन्त्री बालकृष्ण खाँडलाई ‘त्यो मेरो जिल्लाको केटो पनि दोस्रो नम्बरमा रहेछ, बढुवा गरिदिनुहोस् है’ भनेका थिए । तर पौडेलको अनुरोध गृहमन्त्रीले सुनेर गृहसचिव न्यौपानेलाई भने तर आईजीपी शैलेन्द्र खनालले उनलाई बढुवा सिफारिस नै गर्न नमानेको खबर छ ।

लोकसेवा पास गर्ने अधिकृतहरू हिस्स !
सशस्त्र प्रहरी बलमा २०५७ को अन्तिमतिर नेपाल प्रहरीको प्रँविधिक सईबाट प्रवेश गरेका र असईहरू पनि एसपी बढुवामा परेका छन् । तर ३ वर्षपछि सशस्त्र प्रहरीबलले लोकसेवा आयोगको प्रणालीअनुसार प्रतिस्पर्धा गरेर भर्ना गरेका इन्स्पेक्टरहरू अहिलेपनि डीएसपीमै छन् । १४ महिना बेसिक तालिम गरेका प्रतिस्पर्धा गरी आएको जनशक्तिभन्दा ३ महिना तालिम गरेका असई÷सईहरू एसपी बढुवाका लागि योग्य मानिनुलाई सशस्त्रभित्र दुर्भाग्यका रुपमा लिइएको छ । प्रतिस्पर्धाबाट छानिएका डीएसपीहरूलाई एसपी बढुवाको निवेदनसमेत दिनबाट समेत वञ्चित गरिएको गुनासो रहेको छ । आईजीपी खनालले प्रतिस्पर्धाबाट आएका डीएसपीहरूको निवेदनसमेत नलिएर कानुनी राज्यको खिल्ली उडाएका छन् । प्रतिस्पर्धाबाट आएका डीएसपीहरू करिअर बिग्रने डरले मुद्दा हाल्ने अवस्थामा छैनन् । बढुवा प्रक्रियामा भाग नै लिन नदिएर आईजीपी खनालले अन्याय गर्दा पनि बोल्नसक्ने स्थिति नभएको एक अधिकृतले दुखेसो गरे ।

सशस्त्रमा कोषराज वन्तले सुरु गरेको बढुवाको बेथिती शैलेन्द्र खनालको पालामा झन् विकराल भएको प्रतिस्पर्धाबाट आएका अधिकृतहरूको गुनासो रहेको छ । प्राविधिकलाई हचुवाका भरमा बढुवा गर्ने, बेसिक तालिम गरेका इन्फेन्ट्रीतर्फका अधिकृतलाई बढुवामा पछाडि पार्ने क्रम आईजीपी खनालका पालामा आएर झन् बढेको छ । यसअघि खनालले ७० नम्बरका डीएसपीलाई राजनीतिक पहुँचकै आधारमा एसपी बढुवामा ४ नम्बरमा तानिएको थियो । ६५ नम्बरमा रहेका डीएसपीलाई १० नम्बरमा ल्याइएको थियो ।

भारतीय प्रमाणपत्रधारी बढुवामा परे
सशस्त्र प्रहरी बलमा शंकास्पद प्रमाणपत्र भएका डीएसपीहरू पनि एसपी बढुवामा परेका छन् । भारतको बिहार र उत्तरप्रदेशका विभिन्न विश्वविद्यालयका प्रमाणपत्र पेश गरेका डीएसपीहरू बढुवामा परेको समाचार छ । धनबहादुर सिंह, चेतसिंह थापा, सुशील सुवेदीलगायतका डीएसपीहरूले भारतीय प्रमाणपत्र पेश गरेको उनीहरूका प्रतिस्पर्धीहरूले आरोप लगाएका छन् । भारतको उत्तरप्रदेश र बिहारका विश्वविद्यालयबाट जारी भएका प्रमाणपत्र अधिकांश शंकास्पद रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाटसमेत पुष्टि भइसकेको छ । तर अख्तियारकै सचिव भइसकेका गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भारतीय प्रमाणपत्र पेश गर्नेहरूको बारेमा छानबिन नै नगरी एसपी बढुवा सिफारिस गरेको आरोप पनि लगाइएको छ ।

यीमध्ये कतिको बीए र बीएस्सीको प्रमाणपत्र भारतको रहेको बताइन्छ भने कतिको आईएको प्रमाणपत्र भारतको छ । धनबहादुर सिंहको आईए पासको मात्र भारतीय प्रमाणपत्र भएपनि उनलाई एसपी बढुवा गरिएको छ । जबकि एसपीका लागि स्नातकको योग्यता तोकिएको छ । आईएको प्रमाणपत्र पेश गर्ने अर्का एक डीएसपी पनि एसपी बढुवामा परेका छन् । एपीएफ स्रोत भन्छ, डीएसपीबाट एसपी बढुवा भएकाहरू २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा दुई तह बढुवा हुन सफल भएका हुन् ।
साँघु न्यूजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]