१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सशस्त्र प्रहरीको बढुवामा पावर विवादास्पद मालामाल लोक सेवा पास गर्नेहरु हिस्सा परे

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नयाँ सरकार परिवर्तन भएलगत्तै सशस्त्र प्रहरी बलका १५ डीएसपी एसपी बढुवा सिफारिस भएका छन् । २०७८ साउन १ गते बसेको बढुवा समितिको बैठकले १५ डीएसपीलाई एसपी बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बढुवा सिफारिस गरेका डीएसपीहरूमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भुर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा छन् । त्यसैगरी, अच्यूतकुमार मजगैया, त्रिभुवन बिष्ट, सुनिल केसरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरि कुइँकेल, सुशील सुवेदी, बिमल डाँगी र धनबहादुर सिंह बढुवा भएका छन् ।

बढुवा सिफारिस भएका सशस्त्र प्रहरी बलका डीएसपीहरूमा ५ जना प्राविधिक छन् । नेपाल प्रहरीको सईबाट २०५७ सालमा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका यिनीहरू चलखेल गरी इन्फेन्ट्रीतर्फ छिरेका हुन् । सशस्त्र प्रहरी बलमा इन्फेन्ट्रीतर्फ छिरेका यिनीहरूमध्ये केहीले बढुवामा नपरेपछि गत वर्ष अदालतमा मुद्दासमेत हालेका थिए । प्राविधिकबाट आएका लेखनाथ खनाल र अच्युत मजगैयाले सिसम २ का डीएसपी एसपी बढुवा भएपछि आफुहरूमाथि अन्याय भएको भन्दै मुद्दा हालेका थिए । आफुहरू वरिष्ठ भएको र स्टाफ कलेजसमेत पास गरेको दाबी गर्दै मुद्दा हालेपनि अदालतले उनीहरूको दाबी नपुग्ने ठहर गरेको थियो । संगठनविरुद्ध मुद्दा दायर गर्ने दुबै एसपीको कार्यसम्पादन मूल्यांकन नम्बर आईजीपी शैलेन्द्र खनालले काटेका थिए । कार्यसम्पादन मूल्यांकनमा २ नम्बर काटिएका उनीहरू अहिले बढुवामा परेका छन् । कार्यसम्पादन मूल्यांकन नम्बर काटिएकाहरू कसरी बढुवामा परे ? सशस्त्रभित्रै चर्चाको विषय बनेको छ ।

२ नम्बरका डीएसपी बढुवामै परेनन्
सशस्त्रमा डीएसपीबाट एसपी बढुवामा वरिष्ठतालाई उल्लंघन गरिएको गुनासो छ । वरिष्ठताक्रममा २ नम्बरमा रहेका हस्तबहादुर गुरुङलाई बढुवा गरिएको छैन । त्यस्तै उद्धव रावल र प्रेम रावललगायतका छुटेका छन् । नेपाल प्रहरीको असईबाट आएको यो टोलीका धेरैको शैक्षिक योग्यताको प्रमाणपत्र नै शंकास्पद रहेको समाचार साँघुले उजागर गर्दा पनि छानबिन नै नगरी गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षताको समितिले बढुवा सिफारिस गरेको छ ।

तनहुँ घर भएका गुरुङले नेपली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बढुवाका लागि अनुनयविनय गरेको स्रोत बताउछ । पौडेलले पनि गृहमन्त्री बालकृष्ण खाँडलाई ‘त्यो मेरो जिल्लाको केटो पनि दोस्रो नम्बरमा रहेछ, बढुवा गरिदिनुहोस् है’ भनेका थिए । तर पौडेलको अनुरोध गृहमन्त्रीले सुनेर गृहसचिव न्यौपानेलाई भने तर आईजीपी शैलेन्द्र खनालले उनलाई बढुवा सिफारिस नै गर्न नमानेको खबर छ ।

लोकसेवा पास गर्ने अधिकृतहरू हिस्स !
सशस्त्र प्रहरी बलमा २०५७ को अन्तिमतिर नेपाल प्रहरीको प्रँविधिक सईबाट प्रवेश गरेका र असईहरू पनि एसपी बढुवामा परेका छन् । तर ३ वर्षपछि सशस्त्र प्रहरीबलले लोकसेवा आयोगको प्रणालीअनुसार प्रतिस्पर्धा गरेर भर्ना गरेका इन्स्पेक्टरहरू अहिलेपनि डीएसपीमै छन् । १४ महिना बेसिक तालिम गरेका प्रतिस्पर्धा गरी आएको जनशक्तिभन्दा ३ महिना तालिम गरेका असई÷सईहरू एसपी बढुवाका लागि योग्य मानिनुलाई सशस्त्रभित्र दुर्भाग्यका रुपमा लिइएको छ । प्रतिस्पर्धाबाट छानिएका डीएसपीहरूलाई एसपी बढुवाको निवेदनसमेत दिनबाट समेत वञ्चित गरिएको गुनासो रहेको छ । आईजीपी खनालले प्रतिस्पर्धाबाट आएका डीएसपीहरूको निवेदनसमेत नलिएर कानुनी राज्यको खिल्ली उडाएका छन् । प्रतिस्पर्धाबाट आएका डीएसपीहरू करिअर बिग्रने डरले मुद्दा हाल्ने अवस्थामा छैनन् । बढुवा प्रक्रियामा भाग नै लिन नदिएर आईजीपी खनालले अन्याय गर्दा पनि बोल्नसक्ने स्थिति नभएको एक अधिकृतले दुखेसो गरे ।

सशस्त्रमा कोषराज वन्तले सुरु गरेको बढुवाको बेथिती शैलेन्द्र खनालको पालामा झन् विकराल भएको प्रतिस्पर्धाबाट आएका अधिकृतहरूको गुनासो रहेको छ । प्राविधिकलाई हचुवाका भरमा बढुवा गर्ने, बेसिक तालिम गरेका इन्फेन्ट्रीतर्फका अधिकृतलाई बढुवामा पछाडि पार्ने क्रम आईजीपी खनालका पालामा आएर झन् बढेको छ । यसअघि खनालले ७० नम्बरका डीएसपीलाई राजनीतिक पहुँचकै आधारमा एसपी बढुवामा ४ नम्बरमा तानिएको थियो । ६५ नम्बरमा रहेका डीएसपीलाई १० नम्बरमा ल्याइएको थियो ।

भारतीय प्रमाणपत्रधारी बढुवामा परे
सशस्त्र प्रहरी बलमा शंकास्पद प्रमाणपत्र भएका डीएसपीहरू पनि एसपी बढुवामा परेका छन् । भारतको बिहार र उत्तरप्रदेशका विभिन्न विश्वविद्यालयका प्रमाणपत्र पेश गरेका डीएसपीहरू बढुवामा परेको समाचार छ । धनबहादुर सिंह, चेतसिंह थापा, सुशील सुवेदीलगायतका डीएसपीहरूले भारतीय प्रमाणपत्र पेश गरेको उनीहरूका प्रतिस्पर्धीहरूले आरोप लगाएका छन् । भारतको उत्तरप्रदेश र बिहारका विश्वविद्यालयबाट जारी भएका प्रमाणपत्र अधिकांश शंकास्पद रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाटसमेत पुष्टि भइसकेको छ । तर अख्तियारकै सचिव भइसकेका गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भारतीय प्रमाणपत्र पेश गर्नेहरूको बारेमा छानबिन नै नगरी एसपी बढुवा सिफारिस गरेको आरोप पनि लगाइएको छ ।

यीमध्ये कतिको बीए र बीएस्सीको प्रमाणपत्र भारतको रहेको बताइन्छ भने कतिको आईएको प्रमाणपत्र भारतको छ । धनबहादुर सिंहको आईए पासको मात्र भारतीय प्रमाणपत्र भएपनि उनलाई एसपी बढुवा गरिएको छ । जबकि एसपीका लागि स्नातकको योग्यता तोकिएको छ । आईएको प्रमाणपत्र पेश गर्ने अर्का एक डीएसपी पनि एसपी बढुवामा परेका छन् । एपीएफ स्रोत भन्छ, डीएसपीबाट एसपी बढुवा भएकाहरू २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा दुई तह बढुवा हुन सफल भएका हुन् ।
साँघु न्यूजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!