काठमाडौं । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट विदेशीसहित १४ जनालाई पक्राउ गरेको छ।
काठमाडौंका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। त्यसक्रममा उक्त गतिविधिमा संलग्न रहेको आरोपमा १४ जनालाई नियन्त्रणमा लिइएको हो।
*पक्राउ पर्नेहरू
– रामेछापको उमाकुण्ड गाउँपालिका-४ घर भई टोखा बस्ने २९ वर्षीया पार्वती श्रेष्ठ
– नुवाकोटको किस्पाङ गाउँपालिका-५ घर भई तारकेश्वर बस्ने २६ वर्षीया सुवु गुरुङ
– खोटाङको लिखु गाउँपालिका-१ घर भई नयाँ बसपार्क बस्ने २५ वर्षीया चन्द्र बस्नेत
– भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ घर भई नयाँबजार बस्ने ३० वर्षीया पार्वती खत्री
– नवलपरासी घर भई असन बस्ने २० वर्षीया पूर्णिमा भोटे
– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१ घर भई तारकेश्वर बस्ने २४ वर्षीया पविना खड्का
– दोलखाको बैतेश्वर गाउँपालिका-७ घर भई सोह्रखुट्टे बस्ने ३१ वर्षीया अनु तामाङ
– रामेछाप घर भई ललितपुरको भैँसेपाटी बस्ने २३ वर्षीया कविता मगर
– रामेछापको मन्थली नगरपालिका-११ घर भई बौद्ध बस्ने २१ वर्षीया सविता बोहरा
– झापाको कनकाई नगरपालिका-१ घर भई बौद्ध बस्ने ३३ वर्षीया अम्बिका कार्की
– नुवाकोटको विदुर नगरपालिका-६ घर भई चाबहिल बस्ने २१ वर्षीया शर्मिला गिरी
– धादिङको गजुरी गाउँपालिका-५ घर भई टोखा बस्ने २० वर्षीया रोसनी भुजेल
– ३० वर्षीया मिना भुजेल
– बंगलादेश घर भई ठमेल बस्ने ३८ वर्षीया मसुद राना
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।