०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

सर्वोच्चद्वारा सशस्त्रका डिआइजी प्रवीणकुमार श्रेष्ठको पदावधि नथपिनुको कारण माग

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रवीणकुमार श्रेष्ठको पदावधि थप नहुनुको कारण पेस गर्न आदेश दिएको छ । शुक्रवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काललाई निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश पनि जारी भएको छ ।

‘अहिले उहाँको अवस्था जे छ, त्यसमा राखेर छलफलका लागि बोलाउने आदेश भएको हो ।’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रशासनसँग भने ।

सशस्त्र प्रहरी नियमावली अनुसार डिआइजीको पदावधि चार वर्ष रहेको भए पनि सशस्त्र प्रहरी महानिरीक्षक(आइजिपी) को सिफारिसमा सरकारले एक वर्ष अवधि थप्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार श्रेष्ठको पदावधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव समेत गएको भए पनि अन्तिम समयमा निर्णय भएको थिएन ।

हालका आइजिपी शैलेन्द्र खनालले चैत अन्तिम साता अनिवार्य अवकाशमा जाँदै गर्दा उनको पदावधि थप भएको अवस्थामा महानिरीक्षक बन्ने बाटो खुल्नेछ । खनालको अवकाश पछि एक महिनाका लागि पुष्पराम केसी आइजिपी बन्ने र केसीको अवकाशपछि श्रेष्ठले सशस्त्र प्रहरीको नेतृत्वमा पुग्ने छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]