२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

तनावमा प्रचण्ड माओवादीका ४९ सांसदलाई नै मन्त्री चाहिएको छ

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८


(ABC-Sanchar)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न इच्छुकहरुको हुलले आफूलाई घेरेको बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेपछि आफूलाई थेगीनसक्नु तनाव भएको प्रचण्डले बताउनु भएको हो।

‘मेरोमा अहिले मन्त्री बन्न इच्छुकको लाइन छ। मन्त्री बन्न मकहाँ दबाब दिन आएको हुलबाट उम्केर आएको छु म’, उहाँले भन्नुभयो, ‘मन्त्री बनाइदिनु भन्नेहरूको आतंक छ। कसलाई बनाउने, कसलाई नबनाउने मैले। सबै ४९ जना सांसदलाई नै मन्त्री बनाउन दबाब छ।’

आफू तनावमा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले पाउने बढीमा सात मन्त्रालय होला। मन्त्री बनाउन दबाब दिन आउनेबाट म साँच्चिकै चार–पाँच दिनदेखि मानसिक तनावमा छु।’

अध्यक्ष दाहालले आफ्नो शक्ति सुदृढ गरेर नै प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिने पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउन तर्फ लाग्नु पर्छ। पार्टीलाई फेरि एकचोटी जनता तिर फर्काउने, आफ्नो संगठनलाई सदृढ गर्ने हिजोका गल्ती कमजोरीको पश्चाताप गर्दै फेरि जनता र राष्ट्रको पक्षमा समर्पित गर्ने आवश्यकता छ। यो सजिलो छैन तर असम्भव पनि छैन।’

प्रचण्डले आफूहरु नै जनयुद्ध सञ्चालन गरेर शान्ति प्रक्रिया हुँदै गणतन्त्रसम्म ल्याईपुर्याउने भन्दै आफूभित्रको धुलो मैलो सफा गरी अगाडि बढे गन्तव्यमा पुग्न सकिने बताउनुभयो।

अध्यक्ष प्रचण्डले राजनीतिक पहलकदमी आएको बताउनुहुँदै अब आफ्नो शक्ति सुदृढ गरेर मात्रै आन्दोलन विरोधीतत्वहरुलाई सदाको लागि परास्त गर्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अहिले पनि त्यो तत्व पुरै परास्त भयो भन्नु हुँदैन।’

अध्यक्षले सरकार गठनभन्दा अगाडि नै गठबन्धनलाई टुटाउन निकै धेरै कोशिस भएको उल्लेख गर्दै केही नपत्याउँदो गरी ढलेको बताउनुभयो।दैनिकअनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!