२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा जेठाजुसहित मिलापत्र गरेको आरोपमा वडा सदस्य सहित ७ जना पक्राउ ।

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

ABC (क्राईमबिट)
रोल्पा । प्रहरीले बुहारीलाई जबर्जस्ती गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ बर्षिय पुरुष सहित जम्मा ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा एकै गाँउका दुर्गे बिष्ट, नविन बिष्ट, पुष्त बिष्ट, पुस्ते खड्का र पिडितका ससुरा समेत छन् । अनुसन्धानको क्रममा सो घटना गाँउघरमै मिलाई मिलापत्र गराएको आरोपमा सोहि गाँउका वडा सदस्य हिम बहादुर बिष्ट सहित अन्य ६ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो । श्रावन २ गते बिहान ३ बजेको समयमा घटना पश्चात पिडित महिलाले कराएपछि ससुराले थाहा पाएका थिए । पिडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिम बहादुर बिस्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए । वडा सदस्यले गाँउमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएका थिए ।

श्रावन ३ गते करिव १ बजेतिरबाट छलफल सुरु भयो । छलफलमा अभियुक्तले आफ्नो गल्ति स्वीकार गरे । छलफलमा जुटेकाले उनलाई रु. २०,०००।– (बीस हजार रुपैँया) जरिवाना तोके, जसमध्य रु.५,०००।– (पाँच हजार) पिडित महिलाको लागि र बाँकी रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) गाँउको एक कुनै कोषको लागि छुट्याउने समेत निर्णय भयो । पिडितले पाउने रु.५,०००।– मध्य रु. १,०००।– (एक हजार) बराबर छलफलमा जुटेकाहरुले चिया पानी खाने भनेर छुट्याए भने रु.५००।– (पाँच सय) पिडितले ससुरालाई मान राख्नको निमित्त दिनुपर्ने बताए । पिडितले त्येसै गरीन् । पिडितले न्याय पाएको अनुभुति गरिनन् । उनले आफ्नो बाबालाई सबै घटनाको बारे बेलिबिस्तार लगाईन् । भोलीपल्ट श्रावन ४ गत्ते प्रहरी समक्ष यो घटनाको सुचना पुग्यो । पिडितको जाहेरीका आधारमा अभियुक्त भनेका पिडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भीक अनुसन्धान गर्यो । अनुसन्धानको क्रममा हाल वडा सदस्य सहित जम्मा ७ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।