२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक १०० अक्सिजन उत्पादन सुरु

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

(ABC-Sanchar)
दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो ।

कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आवश्यक पर्ने भएका कारण प्रतिष्ठानले प्लान्ट निर्माण गरेको जनाएको छ ।

कोरोनाका धेरैजसाे गम्भीर बिरामीलाई अक्सिजन आवश्यक पर्ने हुँदा पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानकी उपकुलपति प्रा. डा. भण्डारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]