१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

राप्ती नदीमा व्यापारीहरुले बगाए म्याद गुज्रिएका पेय पदार्थहरु

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

(ABC-Sanchar)
दाङ । लमही देउखुरी स्थित राप्ती नदीमा म्याद गुज्रिएका पेय पदार्थलाई व्यापारीले बगाएका छन्। लमही नगरपालिका वडा नं. ६ मध्यनगर स्थित झोलुङ्गे पुलको एउटा किनारमा म्याद नाघेको पेय पदार्थ ठूलो मात्रामा नदीमा बगाएको अवस्थामा फेला परेको वडा सदस्य कृष्ण खत्रीले जानकारी दिएका छन् । आइतबार दिउँसो एउटा पिकअप भ्यानले नदी किनारबाट म्याद नाघेको पेय पदार्थ बगाएको थियो।

नदी किनारमा रातै देखेपछि के रहेछ भनेर हेर्न पुग्दा पेय पदार्थ फालिएको अवस्थामा भेटिकाे वडा सदस्य खत्रीले बताए । पेय पदार्थको एक वर्ष म्याद नाघेको छ। दुई सय पेटी भन्दा बढी पेय पदार्थ नदीमा बगाइएको अवस्थामा भेटिएको हो।

मनकामना फ्रुट एण्ड वेवरेज प्रालि अर्जुनधारा–५ झापामा उत्पादित कोल्ड कोला, फ्रुस र माचो ड्यूको म्याद नाघेको पाइएको छ। कसले फालेको हो भन्नेबारेमा वडा प्रहरी कार्यालय लमहीले अनुसन्धान गर्ने भएको छ। स्थानीयले खबर गरेपछि राप्ती नदी किनारमा पुगेको प्रहरी टोलीले नदी किनारमा तैरिएको अवस्थामा भेटिएको पेय पदार्थलाई किनारमा निकालेर राखेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!