२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राप्ती नदिमा फालिएको म्याद गुज्रिएको (पेय पदार्थ) डिस्पोज

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

(ABC-Sanchar)
दाङ । लमही नगरपालिका वडा नम्बर ६ स्थित मध्यनगरको राप्ती घाटमा ठूलो मात्रामा फालिएका म्याद गुज्रिएका पेय पदार्थहरु ब्यवस्थापन गरिएको छ । देउखुरी उधोग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशबराज पोख्रेल, वडा प्रहरी कार्यालय लमही, वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी, सदस्य कृष्ण बहादुर खत्री लगायतको रोहबरमा ती सामाग्रीलाई खाल्डो खनेर पुरिएको हो ।

पहेलो रङ्ग को फ्रेस, कालो कलरको कोल्ड कोला, हरियो कलरको माचो ड्यु लगायतका ढाई सय र पाँच सय एमएलको पेय पदार्थ राप्तीको तिरमा फालिएको थियो ।ती पेय पदार्थ कस्ले कहाँ बाट लिएर फाल्यो भन्ने कुराको कुनै जानकारी छैन । म्याद गुज्रिएका पेय पदार्थमा मनकामना फ्रुट एन्ड वेभरेज प्राइभेट लिमिटेड अर्जुन धारा ५ झापा उल्लेखित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]