(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका ११ पेरहनी निवासी बसन्ती खत्रीको घरमा चोरी भएको छ । घरमा कोही नभएको मौका छौपी उनको घरमा रहेको दुई तोला बढी सुन र २६ सय नगद रुपैंया चोरी भएको प्रहरीले जानकारी दिएको छ । उनी घर नजिककैको बारीमा घाँस काट्न गएको बेलामा चोरी भएको उनले बताए । त्यस्तै प्रहरीले जानकारी पाएको र के कति चोरी भयो भनि बुझ्नका लागि पिडिललाई कार्यालयमा बोलाएको प्रहरी स्रोतले बताएको छ । चोरी आइतबार दिउँसो सवा ४ बजेतिर भएको थियो ।