२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पर्सा प्रहरीले कटुवा पेस्तोलसहित वीरगञ्जबाट ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

(रवि वर्णवाल)
वीरगञ्ज । कटुवा पेस्तोलसहित तीन जना युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ बस्ने २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पोखरिया नगरपालिका–२ बस्ने २० वर्षीय विक्रान्त पटेल रहेका छन्।

वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा चोकस्थित एक होटलमा तीनै जना सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेको अवस्थामा प्रदेश २ प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये अनिल पटेलको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई हातहतियार सम्बन्धी कसुरमा अनुन्धान अगाडि बढाइएको खनालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]