२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरी बढुवामा ब्याच मिच्ने गृहमन्त्री खाँड र धृतराष्ट बनेका आईजीपी थापा

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेपाल प्रहरीकै इतिहासमा निष्कलंक मानिएका आईजीपी धृष्टराष्ट्र बन्न खोज्दा प्रहरी संगठन लथालिंग बनेको छ । भ्रद्र र शालिन मानिएका नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीको एक बर्ष असार २४ गते पुगेलगत्तै भएको प्रहरी नायव निरीक्षक (सई) बढुवालाई हेर्ने हो भने १७ वर्षसम्म एउटै पदमा कायम रहेकालाई छाडेर ब्याच मिच्दै बढुवा गरिएपछि उनी साच्चिकै धृष्टराष्ट्र बन्ने र अरुलाई मनलाग्दी गर्न छाडीदिने आईजीपीको रुपमा दरिएका छन् । ‘जसले जे ल्याउँछ, त्यसमा ल्याप्चे लगाउने काम मात्रै गरिरहेका छन्’, एक प्रहरी अधिकारीले आक्रोश पोखे ।

नेपाल प्रहरीको सबैभन्दा सूक्ष्म काम गर्ने तह सई, असई र इन्स्पेक्टर हो । तर यही तहमा प्रहरी संगठनकै प्रमुखले अन्याय गरेपछि ठूलो संख्यामा निराशा छाएको छ । २०६१ सालमा सई भएकाहरुलाई छाडेर प्रहरी प्रधान कार्यालयले २०६३ सालमा सई भएकालाई बढुवा गरेपछि राजनीतिक रुपमा आफ्ना मान्छे नहुनेहरुले यही पदबाट घर जानुपर्ने अवस्था सिर्जना भएको छ ।

पछिल्लो पटक सईबाट इन्स्पेक्टरमा बढुवा भएका ९८ जना मध्ये ३० जना भन्दा बढीलाई ब्याच मिचेर बढुवा गरिएको छ । २०६१ साल र २०६२ सालमा सई बढुवा भएका ३० भन्दा बढी सईहरु अन्यायमा परेका छन् । २०६३ सालमा बढुवा भएका सईहरु भने राजनीतिक पहुँच, शक्ति केन्द्रकै आडमा बढुवा भएका हुन् ।
नेपाल बहसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]