१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

प्रहरीको म्याद थप अबदेखि अदालतबाट हुने

Logo
प्रकाशित मंगलबार, साउन १२, २०७८

(ABC-Sanchar)
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाले अदालतको प्रशंसा त भएको छ तर यसले देशमा न्यायिक सक्रियता बढाउने चिन्ता बढेको छ । निवेदकको माग भन्दा धेरै फैसला गर्ने र कानून हेरेर भन्दा माहोल हेरेर फैसला÷आदेश दिने प्रवृत्ती देखिन थालेको छ । कतिपय अवस्थामा कार्यपालिकाको अधिकारमा पनि हस्तक्षेप हुन थालेको छ ।

सशस्त्र प्रहरीका डिआइजीको पदावधि थपको विषयमा पनि त्यस्तै देखिएको छ । संगठनका गोप्य सूचना विदेशी दूतावासमा बुझाएको आरोपमा सरकारले डिआइजी प्रवीण श्रेष्ठको म्याद नथप्ने निर्णय गरेको थियो । त्यसविरुद्ध श्रेष्ठ अदालत गए । जसमा अदालतले शुक्रबार उनलाई अवकाश दिने निर्णय यथास्थितीमा राखी मंगलबार छलफलमा बोलाएको छ ।

सशस्त्र प्रहरीको नियमावलीमा एआइजी र डिआइजीको पदावधि चार वर्ष भनेर उल्लेख छ । यदी सरकारले चाहेमा उनीहरुको एक वर्ष पदावधि थप्न सक्ने प्रावधान प्रष्टसँग राखिएको छ । पदावधि थपको विषयमा कानूनले प्रष्ट रुपमा सरकारलाई अधिकार दिएको छ । त्यस्तो अधिकारमा समेत न्यायलयबाट हस्तक्षेप भएमा संगठनमा चेन अफ कमाण्ड नै भत्कने नसक्ने प्रहरी अधिकारीहरु बताउँछन् । अर्काेतर्फ प्रहरीका हरेक निर्णय अदालत पुग्ने जोखिम समेत छ । नेपाली सेनामा समेत कुनै अधिकृत कार्यक्षमतामा कमजोर पाइएमा पदावधि थप हुँदैन ।

श्रेष्ठले अवकाश पाएको एक महिना भइसकेको छ । डेढ वर्षअघि कतैबाट अनुमति नलिई व्यक्तिगत स्वार्थमा उनी भारतीय दूतावास छिरेका थिए । सो विषयमा उनलाई सचेत गराई विभागीय कारबाही गरिएको थियो । कार्यक्षमतामा पनि कमजोर भएको र विदेशीहरुसँग शंकास्पद सम्बन्ध पाइएपछि सरकारले उनको पदावधि नथप्ने निर्णय गरेको थियो । यो विषयमा अन्तरिम आदेश दिने÷नदिने विषयमा मंगलबार सर्वाेच्चले निर्णय गर्नेछ । दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!