१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

गृह मन्त्रालयले महत्वपूर्ण जिल्लाका सिडिओहरुको पनि सरुवा गर्दै

Logo
प्रकाशित मंगलबार, साउन १२, २०७८


(ABC-Sanchar)
काठमाडौं । गृह मन्त्रालयको कमाण्डर फेरिएसँगै सरकारले केही सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँड आएसँगै गृहको शान्ति सुरक्षा महाशाखा,प्रशासन महाशाखा,आन्तरिक व्यवस्थापन महाशाखा र कारागार व्यवस्थापन विभागका हाकिमहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।
स्रोतका अनुसार गत शुक्रवार नै गृहले प्रवक्ता समेत हेर्ने गरी शान्ति सुरक्षा महाशाखाको प्रमुखमा फणीन्द्रमणि पोखरेललाई मन्त्रालयमा तानिएको छ । यस अघि सो महाशाखा हेर्ने जिम्मेवारी जनकराज दाहाललाई दिइएको थियो । उनी केपी ओलीको निगाहामा झापाको प्रमुख जिल्ला अधिकारी हुँदै काठमाडौंको प्रजिअ बनेका थिए । काठमाडौंको सीडिओ कालिप्रसाद पराजुलीलाई पठाइए पछि दाहाल गृहमा तानिएका थिए । अहिले दाहाललाई कारागार व्यवस्थापन विभागको हाकिम बनाएर पठाइएको छ ।
यस्तै गृहले प्रशासन महाशाखाको जिम्मेवारी गोविन्द रिजाललाई दिइएको छ भने सो महाशाखा हेर्दै आएका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखातिर पठाइएको गृहले जनाएको छ ।
यस्तै गृहले केही महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा हुन लागेको हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय) २. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन) ३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग) ४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय) ५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय) ६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

error: Content is protected !!