२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इप्रका कोहलपुर प्रहरीले यौन धन्दामा संग्लन होटल साहुसहित ४ पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १२, २०७८

ABC (क्राईमबिट)
बाँके । कोहलपुरको बसपार्क क्षेत्रमा यौन धन्दा बढिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले यौन धन्दाको लागि पुरुषहरु खोज्ने एक जना साहुनी, एक पुरुष, दुई युवती र एक होटल मालिकलाई नियन्त्रणमा लिएको हो ।

कोहलपुर प्रहरीका अनुसार बसपार्क पछाडी रहेको हरियाली मार्गमा नाम नरहेको एक खाजा पसल सञ्चालन गर्ने साहुनीले पुरुष ग्राहक खोजेर नजिकै रहेको टिकटक होटलमा यौन धन्दाको लागि पठाएकी थिइन् ।

दिउँसोदेखि नै निगरानीमा राखेको प्रहरीले होटलबाट युवती र उक्त साहुनीले खोजेका पुरुष ग्राहकलाई नियन्त्रणमा लिएको थियो ।

उक्त पुरुषले साहुनीले युवतीहरु मिलाइदिएको बताएपछि खाजाघरमा पुगेर प्रहरीले साहुनीलाई समेत नियन्त्रणमा लिएको हो । अहिले पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । आफ्नो क्षेत्रमा यौन धन्दा भइरहेको पाइए प्रहरीलाई सूचना दिन ईलाका प्रहरी कार्यालय कोहलपुरले सबैलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]