२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके प्रहरीले मोबाईल पसलमा चोरी गर्ने नाबालक सहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १५, २०७८

j(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज ९ का २४ वर्षीय सुमित शर्मा, नेपालगञ्ज–१३ का १८ वर्षीय नानु खटिक र सोही ठाउँका एक १२ वर्षीय बालकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

साउन ८ गते राती २ बजेको समयमा नेपालगञ्ज वडा नं– ४ को बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडेर चोरी गरेका थिए । उनीहरुले बिभिन्न कम्पनीका मोवाईल,घडी, एम।पि।३,विभिन्न वैंकहरुको चेक लगायतका करिब १० लाख मुल्य बराबरको सामानहरू चोरी भएको भएको थियो ।

सप्लायर्सका संचालक पूर्ण प्रसाद गौतमको जाहेरीका अनुसार अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

यस्तो छ घट्नाको विवरण :
मिति २०७८।०४।०८ गते बिहान ०२:०० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं।४ बसपार्क रोडमा रहेकोपुर्ण प्रसाद गौतमले संचालन गरेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी पसल भित्र प्रबेश गरी पसलमा रहेका बिभिन्न कम्पनीका मोवाईल,घडी, एम.पि.घ,विभिन्न वैंकहरुको चेक लगायतका अं. मुल्य रु १० लाख बराबरको सामानहरूचोरी भएको घटना सम्बन्धमा यस कार्यालय बाट बिशेष प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्ने क्रममा उक्त ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्समा चोरी गर्ने कार्यमा संलग्न बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.९ बस्ने बर्ष २४ को सुमित शर्मा, ऐ.ऐ.वडा नं.१३ बस्ने बर्ष १८ को नानु खटिक र १२ वर्षिया एक वालक सहित ३ जनालाई चोरीको बिभिन्न कम्पनीको मोवाईल थान ३६ , जि शोक कम्पनीको घडी थान ६ र एम पि थ्रि थान १ सहित मिति २०७८।०४।१३ गते साँझ अं.१०: ०० बजेको समयमा नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

कानूनी सजाँय :
मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफ २४३ को उपदफा ९३० बमोजिम ३ देखी ५ बर्ष कैद र रू ३० देखी २५ हजार सम्म जरिवाना ।

अनुसन्धान बाट खुलेका कुराहरु :
चोरी कार्यमा संलग्न तिनै जना साथीहरु रहेको । मिति २०७८।०४।०८ गते रातको समयमा तिनै जनाले चोरी गर्ने योजना बनाई फलामको रड लिई जाहेरवालाको पसलमा गई सटर तोडी पसल भित्र सुमित सर्मा र नानु खटिक पसेको ।
१२ वर्षिया वालकले पसल बाहिर रेक्की गरेको ।
चोरी गरेका सामानहरु बोरामा राखी लिएको ।
चोरी गरेको मोवाईल सुमित शर्माले राखेको , घडी र एम पि थ्रि नानु खटिकले लिएको ।
नावालक लाई चोरी गरेको मोवाईल र घडी विक्री गरे पछी पैसा दिने भनि सहमती भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।