२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरगंजमा युवती बेच्ने दुईजना युवती पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १५, २०७८


ABC (क्राईमबिट)
बिरगंज । भारतको झुक्याएर लगेर बेचिएका दुई युवतीको उद्धार पर्सा प्रहरीले गरेको छ । साथै, बेचबिखनमा संलग्न दुईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्लाकी एक जना १६ वर्षीया बालिका र १ जना २० वर्षीया युवती गरी २ जनालाई पर्सा प्रहरीले उद्धार गरेको हो । भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पु¥याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त गरेको पर्सा प्रहरीले मंगलबार भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी दुई युवतीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए ।

साथै, उद्धार पश्चात युवतीहरुले दिएको बयानको आधारमा उनीहरुलाई भारत लगेर बेच्ने कार्यमा संलग्न दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ९ की २० वर्षीय लक्ष्मी दास र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं. १२ की १९ वर्षीय खुश्बु विश्वकर्मा रहेका छन् ।

“पर्साको बीरगञ्ज शहरमा पु¥याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने” प्रलोभन देखाएर विश्वासमा पारी अभियुक्तहरुले युवतीहरुलाई भारत पु¥याएको अनुसन्धानबाट खुलेको पर्सा प्रहरी प्रवक्ता खनालले बताए । बीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पु¥याउने भनी झुक्याई युवतीहरुलाई अभियुक्तहरुले भारतको बिहार राज्यको छौँडादानो पु¥याएका थिए । त्यहाँ मोबाइल फोन खोसी एक कोठामा राखी भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको सूचना पाएपछि भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरिएको प्रवक्ता खनालले बताए ।

युवतीहरुलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेको दुई जना महिलालाई पर्सा जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता प्रहरी नायव उपरिक्षक खनालले बताए । यस्तै, मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न अन्य तीन जना व्यक्ति फरार रहेकोले खोजतलास भईरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]