(ABC-Sanchar)
दाङ । देउखुरीको राप्ती नदी पुलको एप्रोच मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । पुलको एप्रोच बगाएपछि प्रशासनले आवतजावत पुर्ण रुपमा बन्द गरेको थियो । एप्रोच मर्मतको काम पुल आयोजना सेक्टर नम्बर ३ कार्यालय नेपालगन्जले गरेको हो ।
पुलको पुर्वतिर तटबन्ध गरेर वाल उठाउने काम करिब करिब सकिन लागेको छ, अबको केही दिनमै दुबै तर्फबाट गाडीहरु संचालन हुने कार्यालयले जनाएको छ । दाङको राप्ती गाउँपालिका र गढवाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको एप्रोच केही दिन अघि खहरे खोलामा आएको बाढीले बगाएको थियो ।
पुलको उत्तर पुर्व तिरको एप्रोच बगाउदा पुल नै जोखिममा परेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको पहलमा अप्रोच बगाएको भोलि पल्टबाटै मर्मतको काम शुरु भएको थियो ।