२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कर्णाली नदिमा जीप खसियो श्रीमान श्रीमति बेपत्ता, ३ छोरा-छोरी घाइते

Logo
प्रकाशित शुक्रबार, साउन १५, २०७८

(सर्मिला बोगटी)
धनगढी । कर्णाली नदीमा स्कारपियो गाडी खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना बालक घाईते घएका छन्। जिल्ला पैहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका ७ बाँकामा चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जिप सडकमा ब्याक गर्ने क्रममा सडकबाट करीव ३ किमी उत्तरस्थित सडकखण्डबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले स्कारपियोमा पाँच जना सवार रहेकोमा तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा पाईएको र अन्य दुई जना गाडी सहित नदीमा खसेको बताए ।

गाडीमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी, रुपी जोशी, लक्ष्मी जोशी, भुवन जोशी, र सावित्री जोशी सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिए। नदीमा खस्दा चन्द्र जोशी, रुपी जोशी वेपत्ता भएका छन् भने तीन बालबालीकाको अवस्था जटिल रहेकोले तीनै जनालाई नेपालगञ्ज लगिएको कैलाली प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]