२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेको नयाँगाउमा सशस्त्र प्रहरीको बीओपी स्थापना

Logo
प्रकाशित शनिबार, साउन १६, २०७८

(महेन्द्र सिंह)
बाँके । राप्तीसोनारी गाउँपालिका ४ स्थित नयाँगाउँमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको चौकी स्थापना भएको छ ।

नेपाल–भारत सीमानाकाअन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बिओपी राख्ने सरकारको नीतिअनुरुप यस वर्ष राप्तीसोनारी गाउँपालिकाको नयाँगाउँस्थित गुर्दनगौडीमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ४२ नम्बर गण शम्शेरगञ्ज बाँकेका प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारीकै बानवा नाकामा पनि बिओपी स्थापना गरिने भएको छ । सशस्त्र प्रहरी बलको बिओपी स्थापनासँगै त्यस क्षेत्रमा खटिने सशस्त्र प्रहरी बलबाट नेपाल–भारत सीमास्तम्भको सुरक्षाका साथै नागरिकको पनि सुरक्षा हुनेछ ।

करिब डेढ दशकअघि पत्ता लागेको नयाँगाउँका रूपमा परिचित उक्त ठाउँमा स्थानीयवासीले आफूहरु भारतीय सुरक्षाकर्मी र तस्करहरुको दोहोरो असुरक्षामा रहेको भन्दै सुरक्षा चौकीको माग गर्दै आएका थिए । बिओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गर्ने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए । उनले जनतासँग समन्वय गरेर सम्बन्ध सुमधुर बनाई काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।

बाँकेको दक्षिणी नाकामा सशस्त्र प्रहरीले बिओपी निर्माणलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल ३० नम्बर गणले जानकारी दियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।