२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कैलाली प्रहरीले अवैध रुपमा बालुवा ओसारपसार गर्ने ११ ट्याक्टर पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १६, २०७८

(महेन्द्र सिंह)
कैलाली- कैलाली प्रहरीले अवैध रुपमा नदीबाट बालुवा ओसारपसार गर्ने ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शनिबार बिहान गोदावरी नगरपालिका–९ स्थित खुटीया खोलाबाट ती सबै ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार से २ त २८३५, से २ त ३६५५, से १ त ५३९७, से १ त २३६८, से १ त ९६१३ से १ त ८४४९, से १ त ८७५९, से १ त ५४४९, सु.प.प्र.०१००२ त ५८०७, सु.प.प्र.०१००२ त ५५४१ र सु.प.प्र.०१००२ त ४७२१ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका ट्याक्टलाई जनही ६ हजारका दरले कूल ६६ हजार जरिवाना गरी सम्झाइ बुझाइ छोडिएको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]