२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले बिहान् सधैं स्वास्थ फिट राख्न प्रहरीलाई दौडिन सुरु गर्‍यो

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८


(ABC-Sanchar)
दाङ । दाङमा प्रहरीहरुमा मोटोपनको समस्या देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक व्यायम र दैनिक कसरतमा जोड दिएको छ ।

दाङ प्रहरी प्रमुखका रुपमा आएको भोलीपल्टबाट एसपी सुरेश काफ्लेले शारीरिक रूपमा मोटा देखिने प्रहरीकै माथिल्लो तहका सुरक्षा अधिकारीदेखि जवान सबैलाई दैनिक दौडाउन सुरू गरेका हुन । आफू जिल्ला आएको भोलिपल्टदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको एसपी काफ्लेले बताए । मोटा प्रहरी सबैलाई बिहानको दौड अनिवार्य गरिएको उनले कुरा गर्दै भने । शारीरिक रुपमा चुस्त र छरितो हुनुपर्ने नेपाल प्रहरीका कर्मचारीहरुमा मोटोपन बढ्दै गएकोप्रति संगठनभित्रै चासो र चिन्ता बढेकाले आफैबाट यस्तो सुरु गरेको उनले बताए ।

जिल्लाका बिभिन्न स्थानमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाउने योजना रहेको एसपी काफ्लेले बताए । दैनिक अभ्यासले फिट भएपछि ती प्रहरीलाई पुनः सम्बन्धित कार्य क्षेत्रमै खटाइने उनले जानकारी दिए। केही प्रहरीमा अस्वभाविक मोटोपन देखिएको जसले गर्दा राम्रोसँग हिँड्नपनि नसक्ने अवस्था रहेको एसपी काफ्लले बताउछन। ‘जो आँफै राम्रोसँग हिड्न सक्दैनन्,उनीहरुलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो-उनले थपे । दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डिएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरीहरू दौडिन र व्यायाम गर्न थालेका छन्। डिएसपी मुकुन्द रिजालले ड्यूट्टीमा रहेका प्रहरी बाहेक अरू सबै एक घन्टा दौडिन सुरू गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]