१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सशस्त्र प्रहरी आईजिपी शैलेन्द्र खनालद्धारा दज्र्यानी चिन्ह प्रदान

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं-सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका १५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा साउन १८ गते आयोजित एक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरे।

नेपाल सरकार गृहसचिवस्तरको यही साउन १७ गतेको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन्। समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको उल्लेख गर्दै प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा संगठनमा रहेर शान्ति सुरक्षा कायम राख्ने कार्यमा उहाँहरुले पुर्‍याएको योगदानकासाथै प्रदर्शन गरेको व्यवसायिक क्षमता तथाकार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे।

आईजीपी खनालले बढुवा भएका अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई सम्पादन गर्न निर्देशन दिए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माणमा समेत योगदान पुग्ने उल्लेख गर्दै राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्रको सुरक्षा, जनताको सेवा, विपद्पी डित नागरिकको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र कृयाशिल रहँदै निरन्तर योगदान पुर्‍याई रहेको बताए।

उनले कमाण्डर तहका अधिकृतहरुलाई ईमान्दार तथा वफादार भई आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै कुशल नेतृत्वकासाथ आर्थिक पारदर्शिता र सुशासमा जोड दिँदै आम नागरिकको मन जित्ने गरी कार्यसम्पादन जुट्न निर्देशन दिनुहुँदै फौजी अनुशासन र सामुहिक भावनाकासाथ गरिएका कार्यले सांगठानिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए। समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो। सशस्त्र प्रहरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!