२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं उपत्यकामा गुणस्तरहिन पिउने पानीको बिगबिगी

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

(ABC-Sanchar)
काठमाडौं । राजधानीमा गुणस्तरहिन पिउने पानीको विगविगी बढेको छ । उपभोक्ताहरूको घर, अफिस, होटल तथा रेष्टुरेन्टमा पुग्ने अधिकांश ब्राण्डका पिउने पानीहरु गुणस्तरहिन रहने गरेको एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कका आधारमा अधिकांश दैनिक उपभोग्य वस्तुहरु गुणस्तरहिन देखिएकोमा सो मध्येबाट पनि सबैभन्दा बढी गुणस्तरहिनता प्रशोधित पिउने पानीमा देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा जम्मा एक सय मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो । सोमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीमा अधिकतम १६ वटा अर्थात् (१६ प्रतिशत) ले गुणस्तरहिनताको मुद्दा परेको विभागले जनाएको छ ।

यस्तै, बेकरी तथा बिस्कुटका १३ वटा (१३ प्रतिशत), तेल तथा घ्युका ११ वटा (११ प्रतिशत), दानाका ९ वटा (९ प्रतिशत), तयारी चाउचाउका ७ वटा (७ प्रतिशत), मसलाका ७ वटा (७ प्रतिशत), दालमोठ भुजियाका ५ वटा (५ प्रतिशत) ले गुणस्तरहिनताको मुद्दा परेको विभागले जनाएको छ ।

यस्तै, आर्थिक वर्षभित्र सस्का ५ वटा, दलहनका ४ वटा र मिठाई, दुध दही, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थमा समेत गुणस्तरहिनताको केही मुद्दाहरु परेको विभागले जनाएको छ । उक्त एक सय मुद्दाहरूमध्ये ४० वटा मुद्दाहरु न्यून गुणस्तरका, २६ वटा दुषितका २६ वटा लेवल लगायतका विवरण नमिलेका र बाँकी ८ वटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धी परेको विभागको भनाई छ ।

विभागले आर्थिक वर्ष २०७७÷७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा २ हजार ८३४ नमुनाहरू सङ्कलन भएको थियो । संकलित नमुनाहरू मध्ये खाद्यान्न र दलहनजन्यका ७४७ वटा, तेल तथा घ्युजन्यका ३८२ वटा, फलफूल तथा सागपात जन्य पदार्थका २९९ वटा, दाना पदार्थका २७४ वटा, मसलाका २६६ वटा, चिया कफीका १२४ वटा, दुध तथा दुग्ध पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५ वटा, कन्फेक्सनरिका ९० वटा नमुनाहरूको विश्लेषण परिक्षण गरेकोमा २१९ वटा अर्थात् कुल परिक्षणको ७.७ प्रतिशत नमुनाहरू गुणस्तरहिन पाइएको विभागले जनाएको छ । सोमध्ये खाद्यान्नका ३६ नमुनाहरू, दानाका ३३ नमुनाहरू, तेल तथा घ्यु जन्य ३० नमुनाहरू, प्रशोधित पिउने पानीका २७ नमुनाहरू लगायतका अन्य खाद्य पदार्थका नमुनाहरू प्रतिकूल रहेका थिए ।

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरु सम्वन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दायर हुने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]